नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा-
(क) “ऐन” भन्नाले जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ सम्झनु पर्छ ।
(ख) “सूचक” भन्नाले ऐन बमोजिम व्यक्तिगत घटनाको सूचना दिने कर्तव्य भएको व्यक्ति सम्झनु पर्छ ।