नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले निर्वाचन आयोग ऐन, २०७३ सम्झनु पर्छ ।
(ख) “निर्वाचन अधिकारी” भन्नाले कार्यालयको प्रमुखको रुपमा कार्यरत व्यक्ति सम्झनु पर्छ ।
(ग) “कार्यालय” भन्नाले आयोगको क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालय सम्झनु पर्छ ।