दफा
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा–
(क) “एजेण्ट” भन्नाले नेपाल भरमुलुक वा त्यसको कुनै इलाकाको निमित्त स्वदेशी वा
विदेशी फर्मको ऐजेन्सी लिने व्यक्ति सम्झनु पर्छ र यो शब्दले डिष्ट्रिव्यूटर, स्टकिष्ट,
नोमिनी वा रेप्रिजेण्टेटिभ भई काम गर्ने व्यक्ति समेतलाई जनाउँछ ।
(ख) “रजिष्टर्ड एजेण्ट” भन्नाले यस ऐनको दफा ४ बमोजिम एजेण्टमा नाम दर्ता भएको
व्यक्ति सम्झनु पर्छ ।

(ग) तोकिएको” वा “तोकिएबमोजिमको” भन्नाले यो ऐन अन्तर्गतको नियम वा आदेशमा
तोकिएको वा तोकिएबमोजिमको सम्झनु पर्छ ।