दफा २
परिभाषा
२. परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आदेशमा,–
(क) ‘‘समिति” भन्नाले दफा ३ बमोजिम गठित परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति सम्झनु पर्छ ।
(ख) ‘‘अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ग) ‘‘सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष र सदस्य सचिवलाई समेत जनाउँछ ।
(घ) ‘‘कार्यकारी निर्देशक” भन्नाले दफा ६ बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(ङ) ‘‘तोकिएको” वा ‘‘तोकिएबमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम भन्ने सम्झनु पर्छ ।