नियम
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “ऐन” भन्नाले प्रेस काउन्सिल ऐन, २०४८ सम्झनु पर्छ ।
(ख) “काउन्सिल” भन्नाले प्रेस काउन्सिल सम्झनु पर्छ ।
(ग) “समिति” भन्नाले ऐनको दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण, संपरीक्षण समिति सम्झनु पर्छ ।
(घ) “अध्यक्ष” भन्नाले काउन्सिलको अध्यक्ष सम्झनु पर्छ ।
(ङ) “सदस्य–सचिव” भन्नाले काउन्सिलको सदस्य सचिव सम्झनु पर्छ ।