दफा
परिभाषा

२. परिभाषा ः

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,–

(क) “समिति” भन्नाले दफा ३ बमोजिम गठित बौद्धनाथ क्षेत्र विकास समिति सम्झनु पर्छ ।
(ख) “बौद्धनाथ क्षेत्र” भन्नाले देहायका क्षेत्रहरु सम्झनु पर्छ ः–

(१) पूर्व–जोरपाटी गा.वि.स. को पश्चिम सीमाना ।
(२) पश्चिम–काठमाडौं महानगरपालिका वडा नं. ७ को सीमाना ।
(३) उत्तर–जोरपाटी गाउँ विकास समिति र कपन गाउँ विकास समितिको दक्षिण सीमाना ।
(४) दक्षिण–बाग्मती नदी र काठमाडौं महानगरपालिका वडा नं. ७ को सीमाना ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा ६ बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।