२. परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा, –
(क) “समिति” भन्नाले दफा ३ बमोजिम गठित भानु जन्मस्थल विकास समिति सम्झनु पर्छ ।
(ख) “भानु जन्मस्थल” भन्नाले देहायका क्षेत्रहरू सम्झनु पर्छ ः–
९ज्ञ० भानु गाउँ विकास समितिको वडा नं. २, ३, ४, ५ र ६ का क्षेत्रहरू, ९द्द० तनहुँ सुर गाउँ विकास समितिको वडा नं. १ का क्षेत्रहरू
९घ० बर भन्ज्याङ गाउँ विकास समितिको वडा नं. ४, ५, ६ र ८ का क्षेत्रहरू ।
सिमाना क्षेत्र ः
पूर्व – मस्र्याङ्गदी नदी
पश्चिम – पल्याङ्गखोला
उत्तर – फाउंदी खोला
दक्षिण – वरभन्ज्याङ्ग डाँडा
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा ६ बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।