नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरुमाः– जंगी अड्डा तथा सो मातहतका बाहिनी, युनिट, सवयुनिट, डिपो, विभाग र अड्डाहरुका सम्बन्धमा त्यसको प्रमुख भन्नाले जंगी अड्डाको विभिन्न विभाग, अड्डाहरुको हकमा प्रिन्सिपल स्टाफ अधिकृतहरु, बाहिनीको हकमा बाहिनी पति, युनिटको हकमा युनिट कमाण्डर, सव–युनिटको हकमा सवयुनिटका कमाण्डर, डिपोका हकमा डिपो कमाण्डर, विभागका र अड्डाहरुका हकमा त्यसको हाकिम सम्झनु पर्छ ।