दफा
परिभाषा

२.  परिभाषा

विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस आदेशमा,–

(क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ख “अस्पताल” भन्नाले राप्ती अञ्चल अस्पताल सम्झनु पर्छ ।
(ग) “अस्पताल प्रमुख” भन्नाले दफा ६ बमोजिमको अस्पताल प्रमुख सम्झनु पर्छ ।
(घ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।
(ङ) “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्झनु पर्छ ।
(च) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष र समितिको सदस्य–सचिव समेतलाई जनाउँछ ।
(छ) “समिति” भन्नाले दफा ३ बमोजिम गठन भएको राप्ती अञ्चल अस्पताल विकास समिति सम्झनु पर्छ ।