दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “सवारी साधन” भन्नाले यान्त्रिक शक्तिबाट चल्ने स्थलगामी सवारी साधनहरु जस्तै: जीप, कार, लहरी, ट्रक, बस, भ्यान, मिनिवस, मोटरसाइकल, स्कूटर, अटोरिक्सा, टेम्पो आदिलाई सम्झनु पर्छ ।

(ख) “कर” भन्नाले प्रचलित नेपाल कानून बमोजिम लाग्ने सवारी साधन कर सम्झनु पर्छ ।

(ग) “करदाता” भन्नाले यो ऐन वा प्रचलित नेपाल कानून बमोजिम कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति सम्झनु पर्छ ।

(घ) “कर अधिकृत” भन्नाले यस ऐनको प्रयोजनको निमित्त नेपाल सरकारले नियुक्त गरेको कर अधिकृत, प्रमुख कर अधिकृत वा यो ऐन बमोजिम कर अधिकृतको अधिकार प्रयोग गर्न पाउने गरी नेपाल सरकारले नियुक्त गरेको अन्य कुनै अधिकृत सम्झनु पर्छ ।

(ङ) “कर निर्देशक” भन्नाले नेपाल सरकारको कर विभागको महानिर्देशक वा निर्देशक सम्झनु पर्छ ।