नियम
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले सैनिक ऐन सम्झनु पर्छ ।
(ख) “प्रभोष्ट मार्शल” भन्नाले नियम ३ को उपनियम (१) बमोजिम नियुक्त जंगी अड्डा अन्तर्गतको केन्द्रीय सैनिक प्रहरी गुल्मको पति सम्झनु पर्छ ।
(ग) “सैनिक प्रहरी” भन्नाले प्रभोष्ट मार्शलको मातहतमा रही काम गर्ने सैनिक अधिकृतदेखि जवानसम्म सम्झनु पर्छ र यो शब्दले प्रभोष्ट
मार्शल समेतलाई जनाउँनेछ ।