दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान सम्झनु पर्छ ।
(ख) “परिषद्” भन्नाले दफा ७ बमोजिम गठन भएको परिषद् सम्झनु पर्छ ।
(ग) “समिति” भन्नाले दफा १० बमोजिम गठन भएको सञ्चालक समिति सम्झनु पर्छ ।
(घ) “कार्यकारी निर्देशक” भन्नाले दफा १२ बमोजिम नियुक्त भएको वा तोकिएको प्रतिष्ठानको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(ङ) “प्रशिक्षण केन्द्र” भन्नाले ग्रामीण विकास प्रशिक्षण केन्द्र, नगर विकास प्रशिक्षण केन्द्र तथा महिला विकास प्रशिक्षण केन्द्र सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।