नियम
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले हुलाक ऐन, २०१९ सम्झनु पर्छ ।
(ख) “बैङ्क” भन्नाले नियम ३ बमोजिम तोकिएको हुलाक बचत बैङ्क सम्झनु पर्छ ।
(ग) “नाबालक” भन्नाले सोह्र वर्ष उमेर नपुगेको व्यक्ति सम्झनु पर्छ ।
(घ) “खातावाला” भन्नाले बैङ्कमा आफ्नो नाममा रकम जम्मा गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले नाबालक खाताको हकमा निजको नाममा रकम जम्मा गर्ने व्यक्ति समेतलाई जनाउ“छ ।
(ङ) “पासबूक” भन्नाले बैङ्कमा जम्मा गरिएको रकमको हिसाव देखिने निस्सा सम्झनु पर्छ

(च) “समिति” भन्नाले नियक ३क. बमोजिमको हुलाक बचत बैङ्क सल्लाहकार समिति सम्झनु पर्छ ।