दफा
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,–
(क) “आयोग” भन्नाले नेपाल कानून आयोग सम्झनु पर्छ ।
(ख) “वेवसाइट” भन्नाले नेपाल कानून आयोगको वेवसाइट www.lawcommission.gov.np सम्झनु पर्छ ।।
(ग) “अद्यावधिक गर्ने कार्य” भन्नाले आयोगको वेवसाइटमा प्रकाशन गरिने नेपाल कानून सम्बन्धी प्रचलित तथा ऐतिहासिक सामग्रीहरुलाई विद्युतीय स्वरुपमा तयार गरी आयोगको वेवसाइटमा समावेश गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले त्यसरी समावेश गर्नु अगाडी गरिने अनुवाद, परीक्षण, टाइप, प्रुफ रिडिङ र स्वीकृत गर्ने लगायतका काम कारवाहीलाई समेत जनाउनेछ ।