नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन" भन्नाले अपराध पीडित संरक्षण ऐन, २०७५ सम्झनु पर्छ । (ख) “कोष" भन्नाले प्रचलित कानून बमोजिम स्थापना भएको पीडित राहतकोष सम्झनु पर्छ। (ग) “समिति" भन्नाले ऐनको दफा ४४ बमोजिमको पीडित संरक्षण सुझाब समिति सम्झनु पर्छ ।