नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्का अर्थ नलागेमा यस नियमावलीमा,- (क) “अनुगमन समिति” भन्नाले नियम १६ बमोजिमको अनुगमन समिति सम्झनु पर्छ।
(ख) “ऐन” भन्नाले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ सम्झनु पर्छ।
(ग) “मन्त्रालय” भन्नाले नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्झनु पर्छ।
(घ) “विद्यालय उमेर समूहका बालबालिका” भन्नाले चार वर्ष उमेर पूरा गरी अठार वर्ष उमेर ननाघेका बालबालिका सम्झनु पर्छ।
(ङ) “स्थानीय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ।