दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- (क) “प्रहरी कर्मचारी” भन्नाले यो ऐन प्रारम्भ हुँदाका बखत नेपाल प्रहरीमा बहाल रहेका प्रहरी कर्मचारी सम्झनु पर्छ।
(ख) “प्रदेश मन्त्रालय” भन्नाले प्रदेशको आन्तरिक मामिला सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
(ग) “मन्त्रालय” भन्नाले नेपाल सरकारको गृह मन्त्रालय सम्झनु पर्छ।
(घ) “समायोजन” भन्नाले प्रहरी कर्मचारीलाई यस ऐन बमोजिम स्वीकृत नेपाल प्रहरी वा प्रदेश प्रहरीको सङ्गठन संरचनाको पदमा पदस्थापन गर्ने कार्य सम्झनु पर्छ।
(ङ) “समिति” भन्नाले दफा ३ को उपदफा (२) बमोजिमको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति सम्झनु पर्छ।