दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा, -
(क) "अनुगमन" भन्नाले योजना कार्यान्वयनको क्रममा दफा ५ को उपदफा (१) बमोजिमका विषयमा निरन्तर र आवधिक रूपमा निगरानी, निरीक्षण, अवलोकन, सूचना सङ्कलन, विश्लेषण तथा सुधार गर्ने कार्य सम्झनु पर्छ।
(ख) "आयोग": भन्नाले राष्ट्रिय योजना आयोग सम्झनु पर्छ।
(ग) -"तेस्रो पक्ष" भन्नाले कुनै योजनाको तर्जुमा तथा कार्यान्वयनका चरणमा संलग्न नभएको स्वतन्त्र व्यक्ति सम्झनु पर्छ र सो शब्दले अनुगमन वा मूल्याङ्कन गर्ने संस्था वा तिनका प्रतिनिधिलाई समेत जनाउँछ।
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(ङ) "मूल्याङ्कन" भन्नाले कार्यान्वयन चरणमा रहेका वा सम्पन्न भएका योजनाको सम्बन्धमा दफा ५ को उपदफा (२) बमोजिमका विषयमा उद्देश्यपूर्ण र व्यवस्थित तरिकाले गरिने मूल्याङ्कन सम्झनु पर्छ र सो शब्दले योजना सुरु गर्नुअघिको अवस्थामा सो दफाको उपदफा (३) बमोजिमका विषयमा गरिने पूर्वमूल्याङ्गनगलाई समेत जनाउँछ।
(च) "योजना" भन्नाले .विकास नीति, योजना, कार्यक्रम तथा आयोजना सम्झनु पर्छ।
(छ) "सार्वजनिक निकाय" भन्नाले देहायका निकाय सम्झनु-पर्छ:-
(१) संवैधानिक अङ्ग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग वा सो अन्तर्गतका अन्य जुनसुकै सरकारी निकाय वा कार्यालय,
(२) नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा रहेको संस्थान, कम्पनी, बैङ्, समिति वा प्रचलित कानून बमोजिम सार्वजनिक स्तरमा स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद्‌ र यस्तै प्रकृतिका अन्य सङ्गठित संस्था,
(३) नेपाल सरकारद्वारा सञ्चालित वा नेपाल सरकारको पूर्ण वा अधिकांश अनुदानप्राप्त विश्वविद्यालय, महाविद्यालय, अनुसन्धान केन्द्र र यस्तै प्रकृतिका अन्य: प्राज्ञिक वा शैक्षिक संस्था,
(४) विकास समिति ऐन, २०१३ बमोजिम गठित विकास समिति,
(५) नेपाल सरकारको क्रण वा अनुदानमा सञ्चालित संस्था, र
(६) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक निकाय भनी तोकेको अन्य संस्था।