दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) “आयोग” भन्नाले राष्ट्रिय योजना आयोग सम्झनु पर्छ।
(ख) “कम्प्युटर डाटाबेस” भन्नाले कम्प्युटर वा कम्प्युटर नेटवर्क प्रणालीमा प्रयोग गर्ने उद्देश्यले अङ्क, अक्षर, छवि, ध्वनि वा श्रव्य-दृश्यमा औपचारिक तवरले तयार गरिएको सङ्ख्यात्मक विवरण, तथ्याङ्क, सूचना, नक्सा वा अवधारणा सम्झनु पर्छ।
(ग) "कार्यालय" भन्नाले दफा २३ बमोजिमको राष्ट्रिय तथ्याङ्क कार्यालय सम्झनु पर्छ।
(घ) "गणना" भन्नाले कुनै पनि विषयको तथ्यपूर्ण जानकारी प्राप्त गर्न सम्बन्धित एकाइको पूर्ण रूपमा तथ्याङ्क सङ्घलन गर्ने विधि वा प्रक्रिया सम्झनु पर्छ।
(ङ) “तथ्याङ्क” भन्नाले आर्थिक, सामाजिक, भौतिक, वातावरणीय लगायतका विवरण, लगत वा सूचना सम्झनु पर्छ र सो शब्दले त्यस्ता विवरण, लगत वा सूचनाको व्यवस्थित सङ्कलन, प्रस्तुतीकरण वा विश्लेषण गरी तयार गरिएको सङ्ख्यात्मक प्रस्तुतिलाई समेत जनाउँछ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको . नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(छ) “परिषद्” भन्नाले दफा १९ बमोजिमको राष्ट्रिय तथ्याङ्क परिषद् सम्झनु पर्छ।
(ज) “प्रमुख तथ्याङ्क अधिकारी” भन्नाले दफा २५ बमोजिमको प्रमुख तथ्याङ्क अधिकारी सम्झनु पर्छ।
(झ) «राष्ट्रिय -तथ्याङ्क प्रणाली” भन्नाले दफा ३ बमोजिमको राष्ट्रिय तथ्याङ्क प्रणाली सम्झनु पर्छ।
(ज) «विद्युतीय अभिलेख” भन्नाले विद्युतीय स्वरूपको कुनै माध्यमबाट सिर्जना गरी सम्प्रेषण गरिएका, प्राप्त वा जम्मा गरिएका तथ्याङ्क, अभिलेख, छवि, ध्वनि वा श्रव्य-दृश्य सम्झनु पर्छ।
(ट) “सरकारी निकाय” भन्नाले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह अन्तर्गतका सरकारी निकाय सम्झनु पर्छ।
(ठ) “सर्वेक्षण” भन्नाले कुनै विषयको गतिविधि, प्रयोग र प्रवृत्ति सम्बन्धी तथ्यपूर्ण जानकारीको लागि नमूना छनोट गरी तथ्याङ्क सङ्कलन गरिने विधि वा प्रक्रिया सम्झनु पर्छ।
(ड) “सार्वजनिक संस्था” भन्नाले देहायका संस्था सम्झनु पर्छः-
(१) प्रचलित सङ्घीय कानून बमोजिम गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद्,
(२) नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, बैङ्क, समिति वा यस्तै.प्रकृतिका अन्य सङ्गठित संस्था,
(३) नेपाल सरकारद्वारा सञ्चालित वा नेपाल सरकारको पूर्ण वा आंशिक अनुदान प्राप्त विश्वविधयालय, महाविद्यालय, विद्यालय, अनुसन्धान केन्द्र वा अन्य त्यस्तै प्राज्ञिक वा शैक्षिक संस्था,
(४) नेपाल सरकारको क्रृण, अनुदान वा जमानतमा सञ्चालित संस्था,
(५) उपखण्ड (१), (२), (३) वा (४) मा उल्लिखित संस्थाको पूर्ण वा आंशिक स्वामित्व भएको वा नियन्त्रण रहेको वा त्यस्तो संस्थाबाट अनुदानप्राप्त संस्था,
(६) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक संस्था भनी तोकेको अन्य संस्था ।
(ढ) “सूचित आदेश” भन्नाले कुनै खास तथ्याङ्क सम्बन्धी कार्यका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जारी गरेको आदेश सम्झनु पर्छ।
(ण) "संस्था" भन्नाले सार्वजनिक, निजी, गैरसरकारी वा सहकारी संस्था सम्झनु पर्छ।