दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) “अदालत” भन्नाले कसूरको कारबाही र किनारा गर्न प्रचलित कानून बमोजिमअधिकार प्राप्त अदालत सम्झनु पर्छ र सो शब्दले कुनै खास किसिमको कसूरकोकारबाही र किनारा गर्न कानून बमोजिम अधिकार प्राप्त अन्य न्यायिक निकाय वाअधिकारीलाई समेत जनाउनेछ ।
(ख) “कसूर” भन्नाले पीडितको मृत्यु भएको वा पीडितले क्षति व्यहोर्नु परेको प्रचलितकानून बमोजिम सरकार वादी हुने फौजदारी कसूर सम्झनु पर्छ ।
(ग) “कसूरदार” भन्नाले कसूरमा अदालतबाट कसूरदार ठहर भएको व्यक्ति सम्झनुपर्छ ।
(घ) “कोष” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भएको पीडित राहत कोष सम्झनुपर्छ ।
(ङ) “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममातोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(च) दढ्वितीयस्तरको पीडित” भन्नाले प्रथमस्तरको पीडितको विरुद्धमा भइरहेको वाभएको कसूरमा संलग्न नभएको तर त्यस्तो कसूरको प्रत्यक्षदर्शी साक्षी भएकोकारणले क्षति बेहोर्नु परेको व्यक्ति सम्झनु पर्छ र सो शब्दले कसूरमा संलग्ननरहेको तर कसूरको बारेमा जानकारी भएको वा प्रत्यक्षदर्शी साक्षी भएकोकारणबाट क्षति व्यहोर्नु परेको प्रथमस्तरको पीडित नाबालिगको संरक्षक रप्रथमस्तरको पीडितको विरुद्धमा भएको कसूरका सम्बन्धमा थाहा पाएको कारणलेक्षति बेहोर्नु परेको देहायको व्यक्तिलाई समेत जनाउनेछ :-
(१) प्रथम स्तरको पीडितको संरक्षक,
(२) प्रथम स्तरको पीडित नाबालिग भएमा, र
(३) त्यस्तो क्षति बेहोर्नु परेको व्यक्ति त्यस्तो कसूरमा संलग्ननरहेमा ।
(छ) “नाबालिग” भन्नाले अठार वर्ष उमेर नपुगेको व्यक्ति सम्झनु पर्छ ।
(ज) “प्रथमस्तरको पीडित” भन्नाले पीडकको उमेर, मानसिक अस्वस्थता, कुटनीतिकउन्मुक्ति वा पदीय आधारले प्राप्त उन्मुक्तिको परिणाम स्वरुप फौजदारी दायित्वबेहोर्नु नपर्ने वा पीडकको पहिचान नखुलेको वा पीडक विरुद्ध अभियोग नलागेकोवा कसूरसँग सम्बन्धित मुद्दा फिर्ता भएको वा कसूरदारलाई भएको सजाय माफीभएको वा कसूरदार ठहर नभएको वा पीडितसँग पीडकको जे जस्तो पारिवारिकसम्बन्ध भए पनि पीडित विरुद्ध वारदात भएकोमा कसूरको प्रत्यक्ष परिणाम स्वरुपमृत्यु भएको वा क्षति पुगेको व्यक्ति सम्झनु पर्छ र सो शब्दले कसूरमा संलग्ननरही देहायको कुनै अवस्थामा मृत्यु भएको वा क्षति पुगेको व्यक्तिलाई समेतजनाउनेछ :-
(१) कसूर गरिरहेको व्यक्तिलाई कसूर गर्नबाट रोक्ने कार्य गर्दा,
(२) कुनै व्यक्तिको विरुद्धमा कसूर भइरहेको अवस्थामा त्यस्तो व्यक्तिलाईकसूरबाट बचाउने उद्देश्यले मनासिब सहयोग र उद्धार गर्ने कार्य गर्दा,
(३) कसूर गरिरहेको वा गरेको व्यक्तिलाई पक्राउ गर्न खोज्दा वा शंकास्पदव्यक्ति, अभियुक्त वा कसूरदारलाई पक्राउ गर्ने सिलसिलामा अधिकार प्राप्तअधिकारीलाई सहयोग पुन्याउँदा ।
(झ) “पारिवारिक पीडित” भन्नाले कसूरको प्रत्यक्ष परिणाम स्वरुप मृत्यु भएको प्रथमस्तरको पीडित विरुद्धको कसूरमा संलग्न नरहेको मृतक पीडितको सगोलकोआमा, बाबु, पति, पत्नी वा पीडितमा आश्रित एकासगोलको परिवारको अन्य सदस्यसम्झनु पर्छ ।
(ज) “पीडित” भन्नाले प्राकृतिक व्यक्तिको रुपमा रहेको प्रथम स्तरको पीडित, द्वितीयस्तरको पीडित र पारिवारिक पीडित सम्झनु पर्छ ।
(ट) “पीडित संरक्षण सुझाव समिति” भन्नाले दफा ४४ बमोजिमको पीडित संरक्षणसुझाव समिति सम्झनु पर्छ ।
(ठ) “संरक्षक” भन्नाले प्रचलित कानून बमोजिम कायम भएको वा नियुक्त भएकोपीडितको संरक्षक सम्झनु पर्छ ।
(ड) “क्षति” भन्नाले कसूरको प्रत्यक्ष परिणाम स्वरुप पीडितलाई पुगेको देहायको क्षतिसम्झनु पर्छ :-
(१) शारीरिक अङ्गभङ्ग,
(२) जबरजस्ती करणीको कारण गर्भ रहेको,
(३) पीडितको शारीरिक वा मानसिक स्वास्थ्य वा आयु माथि प्रतिकूल प्रभावपार्ने चिकित्सा -विज्ञानद्वारा मान्यता प्राप्त सरुवा रोग लाग्नु,
(४) चिकित्सकद्वारा पहिचान गरिएको मानसिक चिन्ता, मानसिक तनाव
(इमोसनल ट्रमा) वा क्षति,
(५) शारीरिक, बौद्धिक, यौन वा प्रजनन क्षमता नष्ट हुनु वा सो क्षमतामाथिगम्भीर क्षति हुनु,
(६) जबरजस्ती करणीका कारण पीडितको सामाजिक, सांस्कृतिक वापारिवारिक प्रतिष्ठामा परेको प्रतिकूल प्रभाव,
(७) मनोवैज्ञानिक वा मनोचिकित्सकीय क्षति,स्पष्टीकरण: यस उपखण्डको प्रयोजनको लागि “मनोवैज्ञानिक वामनोचिकित्सकीय क्षति” भन्नाले चिकित्सकीय परीक्षणबाट पहिचान भएको,छोटो समयमा निको वा न्यून नहुने र पीडितको स्वास्थ्यमाथि प्रतिकूलअसर पुच्याउने प्रभाव सम्झनु पर्छ ।
(द) आर्थिक वा भौतिक क्षति,
(९) पीडितको शारीरिक सौन्दर्य कुरुप हुनु ।