नियम २५
पुनर्योग
(१) आयोगले सञ्चालन गरेको लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि कुनै उम्मेदवारले आफ्नो लिखित परीक्षाको कुनै वा सबै पत्रको पुनर्योग गरी पाउ“ भनी पुनर्योग गर्नु पर्ने पत्र उल्लेख गरी सो पदका लागि तोकिएको परीक्षा दस्तुरको आधा दस्तुर संलग्न गरी लिखित परीक्षाको नतिजा प्रकाशन भएको सात दिनभित्र आयोगको सम्बन्धित कार्यालयमा निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा आयोगको सम्बन्धित कार्यालयको प्रमुखले लिखित परीक्षाको प्राप्तांकको पुनर्योग गरी निवेदकलाई सोको नतिजा जानकारी गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम पुनर्योग गर्दा निवेदकको नाम लिखित परीक्षाको नतिजामा समावेश गर्नु पर्ने देखिएमा नियम २४ को उपनियम (१) बमोजिमको नतिजामा समावेश गरिनेछ ।