(क) सबै प्रकारका अभिलेख र रेकर्ड किताबहरु ठीक तवरले राख्नु पर्दछ,
(ख) उत्पादन वा विश्लेषण सम्बन्धी कार्यको लागि आवश्यक संख्यामा कर्मचारी राख्नु पर्दछ,
(ग) उत्पादन भएको औषधिको सेवनबाट कुनै पनि प्रकारको नोक्सान भएको वा प्रतिकूल असर परेको थाहा भएमा वा प्रतिवेदन प्राप्त भएमा उत्पादनकर्ताले सो औषधिको गुण र उत्पादन प्रक्रियामा पुनरावलोकन गरी तुरुन्त चाहिंदो प्रकारको सावधानी लिनु पर्दछ,
(घ) फिर्ता आएका वा रिकल भएका औषधिहरु पुन प्रशोधन गरी बिक्री–वितरणमा ल्याउनको लागि उचित रुपमा परीक्षण, विश्लेषण र मूल्याङ्कन गराउनु पर्दछ,
(ङ) उत्पादनकर्ताले विशेषज्ञहरुको एक टोली बनाई उत्पादन भएको औषधिहरुको गुणस्तर नियन्त्रण र उत्पादन नियन्त्रण कार्यहरुको समय समयमा मूल्याङ्कन गराउनु पर्दछ, र
(च) माथि उल्लिखित वर्ग विभाजनभित्र नपरेका वा अन्य बनावटका औषधिहरु बनाउनको लागि विभागले तोकि दिएका साधन वा मेशिनहरु प्रयोग गर्नु पर्दछ ।