दफा ४०
सजाय
(१) कसैले यस ऐन अन्तर्गत कसुर मानिने देहायको कुनै काम गरे वा गराएमा कसुरको मात्रा हेरी विभागको महानिर्देशकले देहाय बमोजिम सजाय गर्न सक्नेछः-
(क) दफा ३द को खण्ड (क) र (ग) बमोजिमको कसुर गरे वा गराएमा तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय,
(ख) दफा ३८ को खण्ड (झ) बमोजिमको कसुर गरेमा तीन महिनादेखि एक वर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय,
(ग) दफा ३द को खण्ड (ज) र (ठ) बमोजिमको कसूर गरेमा तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय ।
(२) उपदफा (१) बमोजिम विभागको महानिर्देशकले गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ।
(३) देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजाय हुनेछः-
(क) दफा ३द को खण्ड (ख) बमोजिमको कसुर गर्ने वा गराउनेलाई दुई बर्षदेखि तीन वर्षसम्म कैद वा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
(ख) दफा ३द को खण्ड (च) बमोजिमको कसुर गर्ने वा गराउनेलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा चार लाखदेखि छ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
(ग) दफा ३८ को खण्ड (छ) बमोजिमको कसुर गर्ने वा गराउनेलाई दुई बर्षदेखि तीन वर्षसम्म कैद वा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय ।
(४) उपदफा (१) बमोजिमका काम बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कुनै काम कारबाही गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।