अनुसूची
ाराम

प्रहरी ऐन, २०१२ बमोजिम … … … … … ….. … … … … प्रहरी फोर्सको जवान
नियुक्त हुनु भएको छ र निजले प्रहरी कर्मचारीको अधिकार, कर्तव्य र सुविधा पाउनु हुनेछ ।

प्रमाणपत्र दिने अख्तियारवाला

द्रष्टव्य: (१) नेपाल कानुन (संशोधन) ऐन, २०२४ द्वारा रूपान्तर भएका शब्दहरूः-
(क) “पुलिस” को सट्टा “प्रहरी” ।

(ख) “गजेट” को सट्टा “राजपत्र” ।

(ग) “अफिसर” को सट्टा “अधिकृत” ।

(घ) “समन” को सट्टा “समाहृान” ।

(ङ) “रिर्पोट” को सट्टा “प्रतिवेदन” ।

(च) “डिग्री” को सट्टा “आज्ञप्ति” ।

(२) प्रहरी (पहिलो संशोधन) ऐन, २०२९ द्वारा रूपान्तर भएका शब्दहरू ः-
(क) “इन्सपेक्टर जनरल” को सट्टा “महानिरीक्षक” ।

(ख) “एडिशनल” को सट्टा “अतिरिक्त” ।

(ग) “डेपुटी” को सट्टा “नायव” ।

(घ) “असिष्टेण्ट” को सट्टा “सहायक” ।

(ङ) “सुपरिण्टेण्डेण्ट” को सट्टा “उपरीक्षक” ।

(च) “इन्सपेक्टर” को सट्टा “निरीक्षक” ।

(छ) “सव इन्सपेक्टर” को सट्टा “नायव निरीक्षक” ।

(ज) “असिष्टेण्ट सब–इन्सपेक्टर” को सट्टा “सहायक निरीक्षक” र

(झ) “सवोर्डिनेट रेंक” को सट्टा “मातहत दर्जा” ।

(३) प्रहरी (तेस्रो संशोधन) ऐन, २०३५ द्वारा रूपान्तर भएका शब्दहरू ः-
“जिल्ला उपरीक्षक” को सट्टा “अञ्चल उपरीक्षक” ।

(४) प्रहरी (पाचौं संशोधन) ऐन, २०४८ द्वारा रूपान्तर भएका शब्दहरू ः-
(क) “अञ्चलाधीश” को सट्टा “प्रमुख जिल्ला अधिकारी”

(ख) “सर्टिफिकेट” को सट्टा “प्रमाणपत्र” ।

(५) केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरु :
”श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”