You are viewing the translated version of .

Schedule 1

अनुसूची – १

सहकारी मार्पmत सञ्चालन गर्न सकिने उद्योग व्यवसायहरूः

(क) कृषि उत्पादन, भण्डारण, प्रशोधन, वितरण, बजारीकरण तथा कृषि सामग्रीको आपूर्ति ।
(ख) व्यवसायिक पशुपालन तथा पशुजन्य उद्योग व्यवसायहरू ।
(ग) वनजन्य उत्पादन तथा प्रशोधन उद्योगहरू र वातावरण संरक्षणसम्बन्धी उद्योगहरू ।
(घ) विद्यालयको स्थापना तथा व्यवस्थापन, व्यावसायिक तथा सीपमूलक प्रशिक्षण केन्द्र स्थापना र व्यवस्थापन, र परामर्श सेवा ।
(ङ) अस्पताल, सामुदायिक स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य उपकरण उत्पादन तथा विक्री र स्वास्थ्यसँग सम्बन्धित अन्य उद्योग व्यवसायहरू ।
(च) पर्यटन उद्योग व्यवसायहरू ।
(छ) सञ्चार तथा प्रबिधिको विकास, विस्तार तथा प्रसारण ।
(ज) बचत तथा ऋण एवं बैंक तथा वित्तीय सेवा । (मm) यातायात तथा ढुवानी सेवा ।
(ञ) जग्गा तथा आवास विकास ।
(ट) श्रमिक स्वामित्वका उद्योग व्यवसायहरू ।
(ठ) उपभोक्ता सहकारी
(ड) उर्जा उत्पादन, प्रशारण र वितरण ।
(ढ) विमा व्यवसाय ।
(ण) खुद्रा तथा थोक पसलहरू ।
(त) जडीबुटी खेती, प्रशोधन र बजारीकरण ।
(थ) सीपमूलक घरेलु तथा साना उद्योगहरू ।
(द) सम्भाव्यताका आधारमा अन्य उद्योग व्यवसायहरू ।