You are viewing the translated version of जरिबाना.

Section 18
जरिबाना
(१) कसैले देहाय बमोजिमको कुनै कार्य गरेमा प्रमुख कार्यकारी अधिकृत वा प्राधिकरणले तोकेको प्राधिकरणको कुनै अधिकृत कर्मचारी वा कम्तीमा सहायक निरीक्षक दर्जाको ट्राफिक प्रहरीले एक हजार रुपैयाँदेखि पाँच हजार रूपैयाँसम्म जरिबाना गर्न सक्नेछः-
(घ) सार्वजनिक यातायातमा टिकट नलिई यात्रा गर्ने, तोकेको भाडा नतिरी यात्रा गर्ने, भाडा तिर्न इन्कार गर्ने वा नपाउने सुविधा लिन प्रयत्न गरेमा,
(ङ) यात्रुसँग तोकिए बमोजिमको भाडा नउठाउने, अनावश्यक सहुलियत दिने, कम वा बढी भाडा असुल गरेमा,
(च) सार्वजनिक यातायातभित्र महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य यात्रुसँग अमर्यादित व्यवहार गरेमा,
(छ) सार्वजनिक यातायातभित्र चालक, सहचालक, प्राधिकरणका कर्मचारी वा यात्रुसँग अमर्यादित भाषा प्रयोग गरेमा,
(ज) सार्वजनिक यातायातमा क्षति पुर्‌याएमा वा फोहोर गरेमा वा सार्वजनिक सवारी साधनबाट सडकमा फोहोर फालेमा, वा
(झ) सार्वजनिक यातायात सेवाको आकस्मिक तथा नियमित निरीक्षण गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा ।
(२) उपदफा (१) बमोजिम गरेको जरिबाना उपर सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन लाग्नेछ ।