You are viewing the translated version of परिभाषा.

Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) "एकीकृत यातायात प्रणाली" भनूनाले सार्वजनिक यातायात सेवाप्रदायकबीच सामञ्जस्य कायम राखी यात्रुलाई सर्वसुलभ, सहज, विश्वसनीय र भरपर्दो सार्वजनिक यातायात सेवा सुनिश्चित गर्ने प्रणाली सम्झनु पर्छ।
(ख) "तोकिएको" वा "तोकिए बमोजिम" भनूनाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(ग) "परिषद्‌" भनूनाले दफा १३ बमोजिमको परिषद्‌ सम्झनु पर्छ।
(घ) "पार्किङ" भनूनाले बिसौनीमा बाहेक सवारी साधन रोक्न निर्धारण गरिएको स्थान सम्झनु पर्छ।
(ङ) "प्रमुख कार्यकारी अधिकृत" भनूनाले दफा ७ बमोजिमको प्रमुख कार्यकारी अधिकृत सम्झनु पर्छ।
(च) "प्राधिकरण" भनूनाले दफा ३ बमोजिमको सार्वजनिक यातायात प्राधिकरण सम्झनु पर्छ र सो शब्दले दफा १२ बमोजिमको प्राधिकरणलाई समेत जनाउँछ।
(छ) "मन्त्रालय" भनूनाले नेपाल सरकारको यातायात विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
(ज) "यात्रु" भनूनाले सार्वजनिक यातायात प्रयोग गर्ने व्यक्ति सम्झनु पर्छ।
(झ) "बिसौनी" भनूनाले यात्रुवाहक सार्वजनिक यातायातमा यात्रा गर्ने प्रयोजनको लागि यात्रुलाई चढ्न र ओर्लनको निमित्त निर्धारित स्थान सम्झनु पर्छ।
(ज) “शहरी क्षेत्र” भन्नाले नगरपालिकाको क्षेत्र सम्झनु पर्छ र सो शब्दले नगरपालिकासँग जोडिएका गाउँपालिकाको क्षेत्रलाई समेत जनाउँछ।
(ट) "सार्वजनिक यातायात" भनूनाले शहरी क्षेत्रभित्र सार्वजनिक यातायात सेवा सञजूचालन गर्न प्रचलित कानून बमोजिम दर्ता भई प्राधिकरणमा सूचीकृत सार्वजनिक यातायात सेवा प्रदान गर्ने विद्युतीय वा अन्य इन्धनबाट सञूचालन हुने बस, ट्याक्सी, रेल, मेट्रोरेल, लाइटरेल, स्काईरेल, मोनोरेल, केबलकार, राइड शेयरिङ तथा तोकिए बमोजिमका अन्य सवारी साधन सम्झनु पर्छ।
(ठ) "सेवाप्रदायक" भनूनाले प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम प्राधिकरणले तोकेको क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न प्रचलित कानून बमोजिम अनुमतिप्राप्त फर्म वा कम्पनी सम्झनु पर्छ।
(ड) “सङ्घीय राजधानी शहरी (फेडरल क्यापिटल सिटी) क्षेत्र” भनूनाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको क्षेत्र सम्झनु पर्छ।
(ढ) "स्थानीय तह" भनूनाले नगरपालिका वा गाउँपालिका सम्झनु पर्छ।