You are viewing the translated version of परिभाषा.

Rule 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,
(क) “आरामस्थल” भन्नाले नियम ४ बमोजिमको आरामस्थल सम्झनु पर्छ।
(ख) “ऐन” भन्नाले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ सम्झनु पर्छ।
(ग) चिकित्सक” भन्नाले प्रचलित कानून बमोजिम चिकित्सकको रुपमा सम्बन्धित परिषद्मा दर्ता भएको व्यक्ति सम्झनु पर्छ ।
(घ) "प्रजनन स्वास्थ्य सेवा" भन्नाले प्रत्येक व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा सम्झनु पर्छ ।
(ङ) “प्रदेश मन्त्रालय” भन्नाले सम्बन्धित प्रदेशको स्वास्थ्य सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ ।
(च) “सेवा प्रदायक स्वास्थ्य संस्था” भन्नाले प्रजनन स्वास्थ्य सेवा सञ्चालन गर्ने स्वास्थ्य संस्था सम्झनु पर्छ ।
(छ) “स्वास्थ्यकर्मी” भन्नाले प्रचलित कानून बमोजिम स्वास्थ्य सेवा प्रदायकको रुपमा सम्बन्धित परिषद्मा दर्ता भएको व्यक्ति वा चिकित्सक सम्झनु पर्छ ।
(ज) "संरक्षक वा माथवर" भन्नाले प्रचलित कानून बमोजिमका संरक्षक वा माथवर सम्झनु पर्छ र सो शब्दले तत्काल निजलाई स्वास्थ्य संस्थामा लिएर आउने व्यक्ति समेतलाई जनाउँछ ।