You are viewing the translated version of मम्जुरीनामा.

Rule 18
मम्जुरीनामा
(१) सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले उक्त सेवा प्रदान गर्नु अघि अनुसूची-१२ मा उल्लेख भए बमोजिमको ढाँचामा सम्बन्धित सेवाग्राहीको लिखित मञ्जुरीनामा लिनु पर्नेछ ।
(२) सुरक्षित गर्भपतन सेवा लिन चाहने गर्भवती महिलाले उपनियम (१) बमोजिमको ढाँचामा लिखित मञ्जुरीनामा लेखी सम्बन्धित स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई दिनु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि होस ठेगानमा नभएको, तत्काल मञ्जुरी दिन नसक्ने अवस्था भएको वा अठार वर्ष उमेर पूरा नगरेको गर्भवती महिलाको हकमा निजको संरक्षक वा माथवरले मञ्जुरीनामा दिन सक्नेछ।