You are viewing the translated version of परिभाषा.

Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- (क) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।
(ख) “उपाध्यक्ष” भन्नाले परिषद्को उपाध्यक्ष सम्झनु पर्छ ।
(ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(घ) “दर्ता किताब” भन्नाले यो ऐन अन्तर्गत पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको नाम दर्ता गर्न तयार गरिएको किताब सम्झनु पर्छ ।
(ङ) “पशु” भन्नाले जुनसुकै प्रकारको घरपालुवा वा जङ्गली जनावर, पन्छी वा माछा सम्झनु पर्छ र सो शब्दले अन्य जलचर र उभयचरलाई समेत जनाउँछ।
(च) “पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय” भन्नाले बिरामी पशुको रोगको उपचार, निदान, रोकथाम वा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सम्बन्धी कुनै कार्य सम्झनु पर्छ।
(छ) “पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी” भन्नाले यस ऐन बमोजिम दर्ता भएका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी सम्झनु पर्छ।
(ज) “परिषद्‌” भन्नाले दफा ५ बमोजिम गठन भएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‌ सम्झनु पर्छ ।
(झ) “मन्त्रालय” भन्नाले पशु विकास सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय सम्झनु पर्छ ।
(ज) “रजिष्ट्रार” भन्नाले दफा २५ बमोजिम नियुक्त गरेको वा तोकेको व्यक्ति सम्झनु पर्छ।
(ट) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र उपाध्यक्ष समेतलाई जनाउँछ ।