You are viewing the translated version of बिबिधः.
Number 22
बिबिधः
(१) देहायमा उल्लेख भए बाहेक पुराना तथा प्रयोग भएका मालवस्तुहरू पैठारी गर्न पाइने छैनः-
(क) कुनै उद्योगले आफ्नो उद्योगको सञ्चालनको लागि पैठारी गर्ने भाग ८४ मा पर्ने उत्पादन मितिले पाँच वर्ष ननाघेका मेशिनरी एवं यन्त्र उपकरण ।
तर मुद्रण उद्योगले आफ्नो उद्योगको प्रयोजनको लागि उत्पादनको मितिले दश वर्ष ननाघेको मुद्रण यन्त्र (प्रिन्टिङ्ग मेशिन) पैठारी गर्न सक्नेछन्।
(ख) उद्योगले आफ्नो प्रयोजनको लागि पैठारी गर्ने धातुका पत्रु (मेटल स्क्र्याप), उपशीर्षक ४०१२.२०.०० मा पर्ने प्रयोग गरिएका (युज्ड/स्क्र्याप) टायर, उपशीर्षक ८५४९.११.०० र ८५४९.१२.०० मा पर्ने पुराना व्याट्री, शीर्षक ४७.०७ मा पर्ने रद्दी कागज (वेस्ट एण्ड स्क्र्याप): र रोजिन तथा टर्पेन्टाइन उद्योगले आफ्नो: प्रयोजनका लागि पैठारी गर्ने उपशीर्षक ८००७.००.१० मा पर्ने प्रयोग गरेका खाली टिनका डिब्बा॥
(ग) हवाई सेवा कम्पनीहरूले हवाई सेवा सञ्चालनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा पुराना वा प्रयोग भएका हवाईजहाज, हेलिकोप्टर र तिनका इञ्जिन एवं फेडरल एभिएशन एड्मिन्सट्रेशन (एफ.ए.ए.), यूरोपियन एभिएशन सेफ्टी एजेन्सी: (इ.ए.एस.ए.) वा सम्बन्धित देशका नागरिक उड्डयन प्राधिकरण (सी.ए.ए.) बाट स्वीकृत प्राप्त मेन्टिनेन्स रिपियर ओभरहल (एम.आर.ओ.) कम्पनीले मेन्टिनेन्स मर्मत सम्भार वा ओभरहल गरी एयरओर्दिनेस स्टाण्डर्ड प्रमाणीकरण गरेका वा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत प्राप्त कम्पनीले मर्मत सम्भार वा ओभरहल गरेका हवाईजहाज र हेलिकोप्टरका अन्य पार्टपुर्जा |
(घ) यात्रुले ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी सूचना अन्तर्गत पैठारी गर्न पाइने निजी प्रयोगका मालवस्तु । (ङ) नेपाल सरकारको स्वीकृति लिई राहत तथा उद्धार कार्यका लागि अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट सहयोग स्वरूप पैठारी हुने मालवस्तु।
(च) नेपालमा सञ्चालित आयोजनाको लागि आयोजना तथा ठेकेदारले पछि फिर्ता लैजाने शर्तमा पैठारी- गर्ने पुराना मिल मेशिनरी तथा यन्त्र उपकरण र पछि फिर्ता लैजाने शर्तमा नेपाल आयल निगमले भारतीय आयल निगमबाट पैठारी गर्ने पुराना रिफ्यूलर ट्याङ्कर; वैदेशिक सहायतामा सञ्चालित टर्न की आयोजनाको लागि पछि फिर्ता लैजाने शर्तमा आयोजना वा ठेकेदारले पैठारी गर्ने पुराना.सवारी तथा ढुवानीका साधन।
(छ) यस उपदफामा उल्लेख गरिएदेखि बाहेकका पुराना वा प्रयोग भएका मालवस्तु र उत्पादन मिति नखुलेका मिल मेशिनरी एवं यन्त्र उपकरण पैठारी गरेको पाइएमा जफत गरिनेछ।
(२) चीनको स्वशासित क्षेत्र तिब्बतबाट मालवस्तु पैठारी गर्दा देहायमा उल्लिखित मालवस्तु वस्तु विनिमय वा बैंकिङ्ग प्रणाली अनुसार र अन्य सबै मालवस्तु बैड्िङ्ग प्रणाली अनुसार गर्नु पर्नेछ:-
(क) कच्चा उन,
(ख) जीवित भेडा च्याङ्ग्रा,
(ग) नून,
(घ) चोरी गाई र चाँरी गाईको पुच्छर,
(ङ) गलेँचा,
(च) जडीबुटी। तर निकासी गर्दा र सोह्र हजार रुपैयाँसम्मको
मालवस्तु पैठारी गर्दा बैङ्किङ्ग प्रणाली अनिवार्य हुने छैन। (३) ब्रुअरी कम्पनीले क्राउनकर्क पैठारी गर्दा आन्तरिक राजस्व कार्यालयको सिफारिसमा मात्र पैठारी गर्नु पर्नेछ।
(४) तेस्रो मुलुक तथा चीनको स्वशासित क्षेत्र तिब्बतमा निकासी हुने मालवस्तु कुनै निकासीकर्ताले काठमाण्डौंस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय र चोभार, सुक्खा- बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गराई बन्द कन्टेनरमा भन्सारको सीलछाप लगाई दक्षिण सीमास्थित भन्सार कार्यालय तथा उत्तरी सीमामा अवस्थित तातोपानी तथा रसुवा भन्सार कार्यालयबाट निकासी; गर्न चाहेमा भन्सार विभागले प्रक्रिया तोकी उक्त सुविधा प्रदान गर्नेछ।
(५) कुनै सरकारी निकाय, उद्योग; व्यक्ति, संस्था वा विदेशी नागरिकले कुनै खास प्रयोजनको लागि (व्यापारिक प्रयोजन बाहेक) पछि फिर्ता लैजाने शर्तमा पैठारी गर्ने मालवस्तु सम्बन्धित मन्त्रालय वा दूतावासको सिफारिसमा बढीमा तीन महिनासम्मको लागि लगतमा राखी पैठारी गर्न दिन सकिनेछ । त्यसरी सिफारिस नभएको अवस्थामा भन्सार कार्यालयले औचित्य हेरी पछि फिर्ता गर्ने शर्तमा बढीमा एकवर्षको अवधि तोकी लाग्ने कर, महसुल तथा शुल्क बापत नगद धरौटी वा बैङ्क ग्यारेण्टी लिई जाँचपास गर्न स्वीकृति दिन सक्नेछ। तोकिएको अवधिमा मालवस्तु फिर्ता गरेमा सो मालवस्तु पैठारी हुँदाका बखत नगद धरौटी वा बैङ्क ग्यारेण्टीमा राखेको महसुल रकमको एक प्रतिशत रकम असुल गरी नगद धरौटी फिर्ता वा बैङ्क ग्यारेण्टी फुकुवा गरिनेछ। तोकिएको अवधिमा मालवस्तु फिर्ता नगरेमा त्यस्तो मालवस्तु जफत गरी बैङ्क ग्यारेण्टी वा नगद धरौटीबाट महसुल बराबरको रकम राजस्वमा आम्दानी बाँधिनेछ।
तर,
(क) निर्माण कार्यमा प्रयोग हुने एक्साभेटर, डोजर, लोडर, रोलर, लेभलर, क्रेन (फिक्स्ड क्रेन बाहेक) र क्रेनलरी जस्ता मालवस्तु पछि फिर्ता लैजाने गरी अस्थायी पैठारी गर्दा भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि करको सट्टा एकमुष्ट समदरमा प्रति दिन एक हजार पाँच सय रुपैयाँका दरले भन्सार महसुल लिई बढीमा एक वर्षसम्मको लागि (अस्थायी पैठारी गर्न दिइनेछ।
(ख) कृषि कार्यमा प्रयोग हुने वेलर वा स्ट्र कलेक्टर सहितको कम्बाइन्ड हार्भेष्टर 'पछि फिर्ता लैजाने गरी अस्थायी पैठारी गर्दा भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि/करको सट्टा एकमुष्ट समदरमा प्रतिदिन एक हजार सात सय रुपैयाँका दरले भन्सार महसुल लिई बढीमा तीन महिनासम्मको लागि अस्थायी पैठारी गर्न दिइनेछ।
खण्ड (क) र (ख) मा उल्लिखित उपकरण महसुल नबुझाई बसेको अवस्थामा पक्राउ परी कारबाहीका लागि भन्सार कार्यालयमा पेश भएमा चोरी पैठारी भएको मानी भन्सार ऐन बमोजिम कारबाही हुनेछ। महसुल तिरेको समय व्यतित भएपछि फिर्ता लैजाने क्रममा मनासिब कारण भएमा त्यस्तो उपकरणको मूल्यमा नबढ्ने गरी बढी बसेको अवधिको प्रति दिनको पाँचहजार रुपैंयाँका दरले महसुल असुल गरी फिर्ता लैजान दिन सक्नेछ।
(ग) विपद्को अवस्थामा उद्धार तथा राहत कार्यमा प्रयोग हुने तथा उद्धार तथा राहतका लागि आउने विदेशी व्यक्तिलाई आवश्यक पर्ने देहाय बमोजिमका मालवस्तु पछि फिर्ता लैजाने गरी लगतमा राखी अस्थायी पैठारी गर्न दिन सकिनेछः-
(अ) सूचना तथा सञ्चार सम्बन्धी उपकरण, (आ) पानी शुद्धीकरण तथा पानी भण्डारण सम्बन्धी उपकरण तथा वस्तु,
(इ) डाक्टर, इन्जिनियर, सञ्चारकर्मी, लजिष्टिसियन, सामुदायिक कामदार आदिको कामको लागि आवश्यक. पर्ने सबै किसिमका यन्त्र, उपकरण, मेशिन, तथा विद्युतीय उपकरण,
(ई) राहतको लागि प्रत्यक्ष रुपमा प्रयोग नहुने तर विपद्बाट/भएको असरलाई हटाउन र सोको सामना गर्न प्रयोग हुने उपकरणहरू जस्तैः संबै. प्रकारका प्रदूषण हटाउने, बिग्रिएका, भत्किएका घर, भवन तथा संरचना सफा गर्ने वा हटाउने, औद्योगिक संरचना निरीक्षण गर्ने आदि कार्यमा प्रयोग हुने मेशिनरी तथा उपकरण,
(उ) कार्याल उपकरण जस्ता प्रशासनिक सहेयोगी मालवस्तु, जस्तैः कम्प्युटर, फोटोकपि तथा प्रिन्टर, खर्च भएर जाने प्रकृतिका मालवस्तु, कर्मचारी सुरक्षा सम्बन्धी उपकरण, प्रशासनिक म्यानुअल तथा कागजात,
(क) विपद्को समयमा उद्धार कार्यमा खटिने कर्मचारीका लागि स्थानान्तरण गर्न सकिने बासस्थान तथा यसका सहायक सामग्री, जस्तैः खाना पकाउने तथा खाने उपकरण तथा सामग्रीहरू, स्नानागार सम्बन्धी सामग्री, सुरक्षा सम्बन्धी सामग्री, (ए) सवारी साधन, तिनका स्पेयर पार्टस तथा मर्मतका लागि आवश्यक उपकरण,
(ऐ) उद्धार कार्यका लागि आवश्यक जनावर, जस्तैः तालिम प्राप्त कुकुर,
(ओ) विपद्को समयमा उद्धारमा संलग्न व्यक्ति बस्न तथा निजको कार्यसम्पादनको लागि आवश्यक पर्ने मालवस्तु,
(औ) नेपाल सरकारले राहत प्रयोजनको लागि तोके बमोजिमका अन्य मालवस्तु ।
(६) चीनको स्वशासित क्षेत्र तिब्बतबाट क्रेडिट सुविधा अन्तर्गत मालवस्तु पैठारी गर्दा राखेको; धरौटी रकम फिर्ता पाउनको लागि उक्त मालवस्तु पैठारी गरेको मितिले तीन महिनाभित्र बैङ्किङ्ग प्रणालीबाट भुक्तानी पठाएको प्रमाण पेश गरी धरौटी फिर्ता लिइसक्नु पर्नेछ। मालवस्तु पैठारी भएको मितिले तीन महिनाभित्र उपरोक्त बमोजिम फिर्ता नभएको धरौटी रकम सदरस्याहा गरिनेछ र त्यसमा पैठारीकर्ताको दाबी लाग्ने छैन।
(७) नेपालको अन्य राष्ट्रहरुसँग भएका द्विपक्षीय तथा बहपक्षीय सम्झौता वा. सन्धिको प्रतिकूल नहुने गरी नेपालमा पैठारी भएका मालवस्तु देहाय बमोजिम निकासी गर्न दिइनेछः-
(क) मालवस्तु पैठारी भएको मितिले छ महिनाभित्र पुनः अर्को मुलुकमा निकासी गर्ने गरी पैठारी गर्न चाहेमा पैठारीकर्ताको अनुरोधमा उक्त मालवस्तुमा पैठारी गर्दा लाग्ने महसुल तथा सोको थप दश प्रतिशतले हुने रकम नगद धरौटी वा बैङ्क ग्यारेण्टी राखी पैठारी गर्न दिइनेछ। यस्ता वस्तुहरू निकासी गर्दा पैठारी गर्दाको अवस्थामा भुक्तानी गरेको विदेशी मुद्रामा नघट्ने गरी आर्जन गरेको प्रमाण र निकासी भएको प्रमाण पेश गरेको एक महिनाभित्र धरौटी रहेको रकम वा बैङ्क ग्यारेण्टीबाट लाग्ने भन्सार महसुलको दश प्रतिशत रकम असुल गरी बाँकी धरौटी रकम फिर्ता वा बैङ्क ग्यारेण्टी फुकुवा गरिनेछ। यसरी छ महिनाभित्र. निकासी गर्न नसकेमा महसुल बापतको रकम नंगद धरौटीमा रहेको रकम वा बैङ्क ग्यारेण्टीबाट असुल गरिनेछ ।
(ख) कुनै व्यक्तिले नेपालमा पैठारी, भएको मालवस्तु बैङ्किङ्ष प्रक्रिया मार्फत भुक्तानी हुने गरी निकासी गर्न चाहेमा पैठारी मूल्यमा कम्तीमा दश प्रतिशत मूल्य अभिवृद्धि गरी.निकासी बापतको विदेशी मुद्रा अग्रिम रूपमा प्राप्त भइसकेको वा सो बापत खोलिएको प्रतीतपत्रको आधारमा विदेशी मुद्रा प्राप्त हुने प्रमाण पेश गरेमा निकासी गर्न दिइनेछ। तर पैठारी भएको मितिले दुई वर्ष नाघेका र नेपालमा बिक्री हुन नसकेका विद्युतीय उपकरण (इलेक्ट्रिक वा इलेक्ट्रोनिक) पैठारीकर्ता स्वयंले निकासी गर्न चाहेमा निकासीकर्ता र त्यस्तो पैठारीकर्ताका बीचमा भएको खरिद बिक्री सम्झौता पेश गरेमा निकासी गर्न दिइनेछ र यस खण्डमा उल्लिखित मूल्य अभिवृद्धिको शर्त लागू हुने छैन।
(८) नेपालमा पैठारी भई वा नेपालमा नै उत्पादन भई प्रयोग भइसकेका वा भाग ८४, ८५ र ९० मा पर्ने पुराना मालवस्तु तथा नेपालभित्रबाट सङ्कलित जुनसुकै रद्दी तथा पत्रु मालवस्तु निकासी बापतको विदेशी मुद्रा अग्रिम रूपमा प्राप्त भइसकेको वा सो बापत खोलिएको प्रतीतपत्रको आधारमा दुई पक्षीय सन्धि विपरीत नहुने गरी निकासी गर्न दिइनेछ। तर विद्युतीय सवारी तथा ढुवानी साधनमा प्रयोग भएका व्याट्टी लगायत नेपालमा रिसाइकल गर्न नसकिने वस्तु रिसाइकल गर्न विदेश पठाउँदा विदेशी मुद्रा प्राप्ति सम्बन्धी कागजात आवश्यक पर्ने छैन।
(९) महसुल, मूल्याङ्कन, तथ्याङ्क वा यस्तै अन्य प्रयोजनको लागि भन्सार विभागको मझहानिर्देशकले . वस्तु वर्गीकरणको उपशीर्षकमा आवश्यक अङ्क थप गरी कार्यान्वयनमा ल्याउन सक्नेछ।
(१०) अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाइएका स्कुटर, नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसमा अपाङ्गता भएको व्यक्तिको नाममा पैठारी गर्दा भन्सार महसुल लाग्ने छैन। पैठारीको अवस्थामा अपाङ्गता भएको व्यक्तिले : प्रयोग -गर्न मिल्ने नभएका र पैठारी गरिसकेपछि अपाङ्गता भएको व्यक्तिले प्रयोग गर्न मिल्ने बनाई दर्ता गर्ने भएमा उक्त मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसमा पैठारी गर्दा लाग्ने भन्सार महसुल धरौटी लिइनेछ। अपाङ्गता भएका व्यक्तिको नाममा उपर्युक्त बमोजिम दर्ता भएको प्रमाण भन्सार कार्यालयमा पेश गरेपछि धरौटी रहेको भन्सार महसुल फिर्ता दिइनेछ। यसरी पैठारी गरेको स्कुटर नेपाल अपाङ्ग सङ्घको सिफारिसमा अपाङ्गता भएको व्यक्तिलाई नै बिक्री वा नामसारी गर्दा भन्सार महसुल लाग्ने छैन।
(११) बण्डेड वेयर हाउस र नगद धरौटी (पासबुक) को सुविधा नलिएका उद्योगले आफूले निकासी गर्ने मालवस्तु उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) पैठारी गरी सोबाट उत्पादित तयारी मालवस्तु तोकिएको अवधिभित्र तोकिएको प्रक्रिया अनुसार निकासी गरेमा त्यस्ता कच्चा पदार्थ, सहायक कच्चा पदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) पैठारी गर्दा भन्सार बिन्दुमा लागेको कर, महसुल नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिए बमोजिमका मालवस्तुमा तोकिए बमोजिमको मितिदेखि तोकिए बमोजिमको समदरमा भन्सार बिन्दुबाट फिर्ता दिइनेछ।
(१२) भन्सार महसुल दरबन्दीको विभिन्न शीर्षक र उपशीर्षकमा पर्ने मालवस्तुको प्रति एकाईको मापन भन्सार विभागले तोकेबमोजिम हुनेछ ।
(१३) चलचित्र विकास बोर्डको सिफारिसमा नेपाली चलचित्रको छायाङ्कनको लागि आवश्यक यन्त्र तथा उपकरण पछि फिर्ता गर्ने शर्तमा बढीमा/एक वर्षको अवधि तोकी लाग्ने महसुल बापतको रकम; बैङ्क ग्यारेण्टी लिई पैठारी गर्न दिन सकिनेछ। यसरी. पैठारी गरिएका यन्त्र तथा उपकरण फिर्ता गरेपछि राखेको; बैङ्क ग्यारेण्टी फुकुवा गरिनेछ। तोकेको अवधिमा फिर्ता नगरेमा लाग्ने महसुल बैङ्क ग्यारेण्टीबाट असुल गरी त्यस्ता यन्त्र तथा उपकरण जफत गरिनेछ।
(१४) पैठारीकर्ताले नेपालमा बिक्री गरिने अधिकतम खुद्रा बिक्री मूल्य पैठारीकै अवस्थामा सम्बन्धित भन्सार कार्यालयमा अनिवार्य घोषणा गर्नु पर्ने गरी नेपाल सरकारले मालवस्तु तोक्न सक्नेछ।
(१५) पुराना ट्रकलाई विदेश लगी कन्टेनर ट्रक वा कन्टेनर राखने ट्रेलर ट्रक बनाई फिर्ता ल्याएमा सोमा लागेको खर्च रकममा लाग्ने भन्सार महसुल पूर्णरूपमा छुट दिइनेछ।
(१६) शीर्षक ८७.०४ अन्तर्गत पर्ने कुनै ढुवानी साधनको इञ्जिनसँग जोडिएको शीर्षक ८७.०६ अन्तर्गत पर्ने चेसिसमा पैठारी भन्सार महसुल दर बढी भएको र सोही चेसिसमा बनेको तयारी साधनमा पैठारी भन्सार महसुल दर कम भएको अवस्थामा कुनै पैठारीकर्ताले त्यस्तो तयारी साधन पैठारी नगरी सोको इञ्जिनसँग जोडिएको चेसिस पैठारी गरी सो चेसिस नेपालभित्रै वा विदेशमा लगी तयारी साधन बनाउन चाहेमा देहाय बमोजिम सुविधा प्रदान गरिनेछः-
(क) इञ्जिनसँग जोडिएको चेसिस “पैठारी गरी नेपालभित्रै तयारी साधन बनाउन चाहेमा सो. चेसिस पैठारी गर्दा पैठारीकर्ताको अनुरोधमा चेसिसमा लाग्ने पूरै महसुल धरौटीमा राखी छ महिनाभित्र तयारी साधन बनाई सम्बन्धित निकायमा: दर्ता गरी सोको प्रमाण तथा तयारी साधन सम्बन्धित भन्सार कार्यालयमा पेश गरेपछि त्यस्तो तयारी साधन पैठारी गर्दा लाग्ने महसुल दर बमोजिमको महसुल रकम धरौटीबाट कट्टा गरी बाँकी धरौटी रकम पैठारीकर्तालाई फिर्ता दिइनेछ।
(ख)। इञ्जिनसँग जोडिएको चेसिस पैठारी गरी पुनः उक्त चेसिस विदेशमा लगी तयारी साधन बनाई ल्याउन चाहेमा पैठारीकर्ताको अनुरोधमा सो चेसिस पैठारी गर्दा लाग्ने पूरै महसुल धरौटीमा राखिनेछ र पैठारी भएको मितिले तीन महिनाभित्र पैठारीकर्ताको अनुरोधमा कुनै प्रकारको महसुल नलिई सो चेसिस विदेश निकासी गर्न अनुमति दिइनेछ। यसरी निकासी भएको चेसिसमा निकासी भएको मितिले छ महिनाभित्र तयारी साधन बनाई पैठारी गरेमा त्यस्तो तयारी साधन बनाउन लागेको खर्च र पहिले पैठारी भएको चेसिस समेतको मूल्यमा त्यस्तो तयारी साधन पैठारी हुँदा दरबन्दी बमोजिम लाग्ने दर बमोजिमको महसुल चेसिस पैठारी गर्दा राखेको धरौटीबाट असुल गरी बाँकी धरौटी रकम फिर्ता दिइनेछ र धरौटीबाट अपुग भएमा पैठारीकर्ताबाट असुल गरिनेछ।
(ग) नेपालस्थित आधिकारिक बिक्रेता वा एजेन्सीको नाममा धरौटी राखी पैठारी भएको चेसिस अन्य व्यक्तिले खरिद गरी खण्ड (क) र (ख) बमोजिम तयारी साधन बनाउन चाहेमा त्यस्तो व्यक्तिलाई समेत खण्ड (क) र (ख)/बमोजिमको सुविधा प्रदान गरिनेछ।
(घ)। उल्लिखित सुविधाको कार्यान्वयनका क्रममा कुनै प्रक्रियागत कठिनाईहरू सिर्जना भएमा वा उल्लिखित समय सीमा अपर्याप्त भएमा भन्सार विभागका महानिर्देशकले छ महिनासम्म म्याद थप गर्न र आवश्यक निर्देशन दिई सरलीकरण गर्न सक्नेछ।
(ङ) उल्लिखित ढुवानी साधनको प्रकृति फरक गरी वा अन्य प्रयोजनको लागि बिक्री गर्ने भएमा वा आफैले अन्य प्रयोगमा ल्याउन चाहेमा कानून बमोजिम लाग्ने पूरै महसुल तिरी बिक्री गर्न वा अन्य प्रयोजनमा ल्याउन पाइनेछ। सो बमोजिम प्रक्रिया पूरा नगरी ढुवानी साधनको प्रकृति फरक पारेको वा घोषित बाहेक अन्य प्रयोगमा ल्याएको पाइएमा त्यस्तो साधन जफत गरिनेछ।
(१७). बन्द कन्टेनरमा लगाउने सील भन्सार विभागले तोकेको मूल्य भूक्तानी गरी सम्बन्धित भन्सार कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
(१८) कुनै भन्सार कार्यालयबाट मालवस्तु पैठारी गर्ने गरी प्रतीतपत्र खोलेको तर कारणबस सो भन्सार कार्यालयको सट्टा अन्य भन्सार कार्यालयबाट पैठारी गर्नु पर्ने अवस्था परेमा प्रतीतपत्र खोलेको बैङ्कले पैठारी हुने भन्सार कार्यालय संशोधन गरेको प्रमाण पैठारी हुने भन्सार कार्यालयमा पेश भएमा सम्बन्धित भन्सार कार्यालयले मालवस्तु जाँचपास गर्न सक्नेछ। यसरी पैठारी हुने भन्सार बिन्दु परिवर्तनका लागि (अन्य निकायको अनुमति वा सिफारिस आवश्यक पर्ने छैन।
(१९) नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाले बिरामीको शरीरबाट लिइएको कुनै नमूना परीक्षणको लागि विदेशमा पठाउँदा वा ल्याउँदा महसुल नलिई लैजान वा ल्याउन दिइनेछ।
(२०) नेपाल नागरिक उड्डयन प्राधिकरणको - सिफारिसमा स्वदेशी वायुसेवा कम्पनीका स्वामित्वमा रहेका हवाईजहाज तथा हेलिकोप्टर विदेशमा लिजमा दिने गरी लगतमा राखी अस्थायी निकासी गर्न दिन सकिनेछ।
(२१) काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका पेट्रोलियम पदार्थबाट चल्ने १० वर्ष पुरानो ट्याक्सीलाई संवत् २०८० साल चैत्र मसान्तसम्म धुल्याई गरी सोको सट्टामा विद्युतीय उर्जाबाट सञ्चालन हुने: ट्याक्सीमा परिवर्तन गर्न चाहेमा त्यस्तो ट्याक्सी धनीले पैठारी: गर्ने उपशीर्षक ८७०३.८० अन्तर्गत पर्ने जुनसुकै क्षमताको विद्युतीय सवारी साधनमा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछ।
(२२) भन्सार ऐन, २०६४ बमोजिम जाँचपास पछिको परीक्षण गरी संवत् २०७८ साल असार मसान्तभित्र भएको महसुल निर्धारण भएको तर महसुल नबुझाएको वा राजस्व न्यायाधिकरण वा अदालतमा पुनरावेदन गरी विचाराधीन रहेको मुद्दा सम्बन्धित पैठारीकर्ताले फिर्ता लिई त्यस्तो महेसुल निर्धारणबाट कायम भएको भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर बापतको पूरै रकम संवत् २०८० साल मंसिर मसान्तभित्र बुझाएमा सोमा लागेको जरिबाना र यस दफाको सुविधा उपयोग गर्न निवेदन दिएको मितिसम्मको सम्पूर्ण व्याज मिनाहा हुनेछ।
(२३) यस अनुसूचीमा उल्लेख भएका मालवस्तु तथा ती मालवस्तुको वस्तु वर्गीकरण शीर्षक वा उपशीर्षकमा फरक परी कार्यान्वयनमा द्विविधा भएमा वा मालवस्तुको विवरण र सोको शीर्षक वा उपशीर्षकमा कुनै त्रुटि फेला परेमा भन्सार विभागको महानिर्देशकले व्याख्या गरी: तोक्न वा त्यस्तो त्रुटि सच्याउन सक्नेछ।