Section 15
NA
(१) ऐनको दफा ४२. बमोजिम बीमकले आफ्नो सम्पत्ति र्‌ दायित्वको मूल्याङ्कन गर्दा प्रचलित कानून बमोजिम गर्नु पर्नेछ।

(२) बीमकले वर्षमा कम्तीमा एक पटक बीमा सम्बन्धी दायित्वको बीमाङ्गीय मूल्याङ्कन गराई सोको प्रतिवेदन स्वीकृतिको लागि प्राधिकरणमा पेस गर्नु पर्नेछ।

(३) उपनियम (२) बमोजिम पेस हुन आएको प्रतिवेदन अध्ययन गरी प्राधिकरणले तीस दिनभित्र निर्णय गर्नु पर्नेछ।