Section 30
NA
(१) ऐनको दफा ७८ बमोजिम रीतपूर्वक पेस हुन आएको लघुबीमा दाबीको बीमकले तत्काल छानबिन-गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको दाबी भुक्तानी प्रक्रियाको लागि बीमित वा बीमालेख धारकले बीमक वा संस्थागत अभिकर्ता समक्ष देहाय बमोजिमका कागजात पेस गर्नु पर्नेछः-

(क) बीमा दाबी फाराम,

(ख) सम्पत्ति क्षति भएको वा दायित्व सिर्जना भएको प्रमाण,

(ग) आपराधिक घटना घटेको भए प्रहरी प्रतिवेदन,

(घ) घटनासँग सम्बन्धित अन्य कागजात |

(३) बीमकले लघुबीमाको दाबी भुक्तानी गर्दा प्राधिकरणले निर्धारण गरेको सीमासम्मको रकमको हकमा सामूहिक जमानीलाई आधार मानी दाबी भुक्तानी गर्न सक्नेछ ।

(४) यस नियम बमोजिम बीमकले ददाबी भुक्तानी गर्दा प्राधिकरणले निर्धारण गरेको बीमाङ्क . र्कमसम्मको दाबी भुक्तानी संस्थागत लघुबीमा अभिकर्तामार्फत्‌ भुक्तानी गर्न सक्नेछ।