Schedule

(दफा ३ को उपदफा (२) सँग सम्बन्धित) जोखिमपूर्ण व्यवसाय वा कामहरु
(क) पर्यटन, आवास, मोटेल, होटेल, जुवाघर, रेष्टुराँ, बार, पव, रिसर्ट स्किइङ्ग, ग्लाईडिङ्ग, वाटर  र्र्यफ्टिङ्ग, केवल कार कम्प्लेक्स, पोनी टेकिङ्ग, पदयात्रा, पर्वतारोहण, हट एयर ब्यालुनिङ्ग, प्यारासेलिङ्ग, गल्फ कोर्ष, पोलो, अश्वरोहण आदि पर्यटनसँग सम्बन्धित व्यवसायहरु,
(ख) कार्यशाला, प्रयोगशाला, पशु वधशाला, शीत भण्डार आदि सेवामूलक व्यवसायहरु,
(ग) सार्वजनिक परिवहन र निर्माण व्यवसायहरु,
(घ) चुरोट, बिडी बनाउने, गलैंचा बुन्ने तथा रङ्गाउने, ऊन सफा गर्ने, कपडा बुन्ने, धुने, रङ्गाउने
तथा बुट्टा छाप्ने, छाला प्रशोधन गर्ने, सिमेन्ट उत्पादन तथा प्याकिङ्ग, सलाई, विष्फोटक तथा अन्य आगजन्य पदार्थहरुको उत्पादन र बिक्री वितरण, बीयर, मदिरा तथा अन्य पेय पदार्थहरुको उत्पादन, साबुन उत्पादन, बिटुमिन उत्पादन, पल्प र पेपर उत्पादन, स्लेट,
पेन्सिल उत्पादन, कीटनाशक औषधि उत्पादन, लुब्रिकेटिङ्ग तेल उत्पादन, फोहोर मैला संकलन, प्रशोधन तथा इलेक्ट्रोप्लेटिङ्ग, फोटो प्रोसेसिङ्ग, रबर, सिन्थेटिक, प्लाष्टिक, सिसा, पारोसँग सम्बन्धित कार्यहरु,
(ङ) जलस्रोत, वायु, शौर्यशक्ति, कोइला, प्राकृतिक तेल वा ग्यास, बायोग्यास तथा त्यस्तै अन्य स्रोतबाट उर्जा पैदा गर्ने र त्यसको प्रसारण वा वितरणसँग सम्बन्धित कार्यहरु,
(च) खानी, खनिज पदार्थ, प्राकृतिक तेल वा ग्यासको उत्खनन्, प्रशोधन तथा वितरणसँग सम्बन्धित कार्यहरु,
(छ) रिक्सा वा ठेलागाडा,
(ज) कटिङ्ग मेशीन जस्ता कार्यहरु,
(झ) जमिनमुनी, पानीमुनी र धेरै उँचाईमा चढेर गर्नु पर्ने कार्यहरु,
(ञ) रसायनिक पदार्थहरुसँग सम्पर्क हुने कार्यहरु, र
(ट) प्रचलित कानून बमोजिम तोकिएको अन्य जोखिमपूर्ण कार्यहरु ।