Rule 16
उपदान
(१) प्रतिष्ठानमा एक वर्ष वा सोभन्दा बढी सेवा गरेको कुनै बालकले राजिनामा दिई वा अन्य कुनै किसिमले प्रतिष्ठानको सेवाबाट अलग भएमा त्यस्तो बालकले काम गरेको प्रत्येक वर्षको एक महिनाको तलबका दरले हुन आउने एकमुष्ट रमक उपदान पाउनेछ ।
(२) कुनै बालकले उमेर पुगेपछि सो प्रतिष्ठानको सेवालाई निरन्तरता दिएकोमा पछि राजिनामा स्वीकृत गराई वा अन्य कुनै किसिमले सेवाबाट अलग भएमा त्यस्तो बालकले यस नियम बमोजिम पाउने उपदानका अतिरिक्त प्रचलित कानुन बमोजिम पाउने उपदान समेत पाउनेछ ।
(३) यो नियमावली प्रारम्भ हुनुभन्दा अगाडि प्रतिष्ठानमा काम गर्ने बालकले समेत यसै नियमावली बमोजिम उपदान पाउनेछ ।