Rule 119
उपदान
(१) पाँच वर्ष वा सोभन्दा बढी नोकरी गरेको तर निवृत्तभरण पाउने अवस्था नपुगेका स्थायीे शिक्षकले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई विद्यालय शिक्षा सेवाबाट अलग भएमा वा भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य नठहरिने गरी विद्यालय शिक्षा सेवाबाट हटाइएमा देहायको दरले उपदान पाउनेछः–
(क) पाँच वर्षदेखि दश वर्षसम्म नोकरी गरेको शिक्षकले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलव,
(ख) दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म नोकरी गरेको शिक्षकले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलव,
(ग) पन्ध्र वर्ष भन्दा बढी बीस वर्ष पूरा नभएसम्म नोकरी गरेको शिक्षकले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलव ।
(२) कुनै शिक्षकको उपदान नलिंदै मृत्यु भएमा त्यस्तो शिक्षकको आफ्नो परिवारको सदस्य मध्ये कसैलाई इच्छाएको भए त्यस्तो व्यक्ति र इच्छाएको व्यक्तिको पनि मृत्यु भएमा वा कसैलाई इच्छाएको नभएमा निजको एकाघरको नजिकको हकवालाले सो उपदान पाउनेछ ।