Rule 135
सजाय
उचित र पर्याप्त कारण भएमा शिक्षकलाई देहायको विभागीय सजाय गर्न सकिनेछः –
(क) नसिहत दिने,
(ख) बढीमा पाँच वर्षसम्म तलव वृद्धि रोक्का गर्ने,
(ग) बढीमा दुई वर्षसम्म बढुवा रोक्का गर्ने,
(घ) भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने,
(ङ) भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने ।