Section 49
कसुर
कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियममा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायका काम कारबाही गरे वा गराएमा वा सोको उद्योग गरेमा यस ऐन बमोजिमको कसुर गरेको मानिनेछ

(क) दफा ७ को उपदफा (१) विपरीत राष्ट्रिय वनभित्रको जग्गा दर्ता गरे वा गराएमा,

(ख) दफा ९ बमोजिम निषेध गरिएको क्षेत्रमा प्रवेश गरेमा,

(ग) राष्ट्रिय वन फाँड्ने वा वनक्षेत्रको जग्गा जोत्ने, खन्ने, खनिजकार्य उत्खनन्‌ गर्ने, आवाद गर्ने, सडक तथा अन्य पूर्वाधार निर्माण. गर्ने, घर वा छाप्रो बनाउने, व्यवसाय सञ्चालन गर्ने वा अतिक्रमण गर्ने काम गरे वा गराएमा,

(घ) राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा,

(ङ) निषेध गरिएको वनक्षेत्रभित्र चौपाया प्रवेश गराएमा वा चराएमा,

(च) राष्ट्रिय वनक्षेत्रबाट वन पैदावार हटाउने, ओसारपसार वा बिक्री वितरण गर्ने वा घाटगट्टीमा राखेको वन पैदावार हटाउने वा चोरी गर्ने काम गरेमा,

(छ) राष्ट्रिय वनक्षेत्रको रुख वा बिरुवा काट्ने, हाँगा बिंगा छिमल्ने, खोटो वा बोक्रा झिक्ने वा कुनै पनि प्रकारले नोक्सानी गरेमा,

(ज) ईजाजत प्राप्त गरी राष्ट्रिय वनबाट रुख काट्दा, ढाल्दा, घिसार्दा वा वनक्षेत्र बाहिर लैजाँदा लापरबाहीसँग अन्य कुनै वन पैदावार नोक्सान गरेमा,

(झ) बनक्षेत्रबाट बग्ने नदीबाट ढुङ्गा, गिट्टी, बालुवा वा माटो झिक्ने, गोल वा चून पोल्ने वा यी वस्तुहरुबाट अरु तयारी माल बनाउने वा सङ्कलन गर्ने र खनिज पदार्थ निकाल्ने वा सङ्कलन गर्ने काम गरेमा,

(जं) वन पैदावार लिन पाएको पूर्जीको शर्त उल्लङ्घन गरी वन पैदावार नोक्सानी गरेमा,

(ट) विदेश निकासी गर्न प्रतिबन्ध लागेको वन पैदावार विदेश निकासी गरेमा,

(ठ) वन सिमाना चिह्र उखेल्ने, सार्ने, फेर्ने, मेट्ने वा बिगार्ने काम गरेमा,

(ड) टाँचा वा निसाना कीर्ते गर्ने वा काठ वा खडा रुखमा लगाइएका सरकारी टाँचा, निसाना फेर्ने, बिगार्ने वा मेट्ने गरेमा,

(ढ) नर्सरीमा रहेका वा वृक्षारोपण गरिएका बिरुवा काट्ने, भाँच्ने, उखेल्ने वा अरु कुनै प्रकारले नोक्सान गरेमा,

(ण) नर्सरी वा वृक्षारोपण गरिएका क्षेत्रका खम्बा, तारका बार वा त्यस्ता अरु सम्पत्ति बिगारे वा चोरी गरेमा,

(त) शिकार खेल्ने, वन्यजन्तुको आखेटोपहार राख्ने, ओसारपसार गर्ने वा बिक्री वितरण गर्ने काम गरेमा,

(थ) बन पैदावारमा आधारित उद्योगले प्रचलित कानून विपरीत वन पैदावार राखेमा,

(द) उपभोक्ता समूहका पदाधिकारी वा सदस्यले समूहको हितको नाममा कोषको रकम हिनामिना गर्ने र त्यस्तो समूहको विधान तथा कार्ययोजना बिपरीत कुनै कार्य गरेमा,

(ध) यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमको विपरीत अन्य कुनै कार्य गरेमा ।