Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) "आखेटोपहार" भन्नाले वन्यजन्तुको जीवित वा मृत शरीर वा पहिचान गर्न सकिने अवस्थामा रहेको तिनीहरुको शरीरको कुनै अङ्ग सम्झनु पर्छ र सो शब्दले वन्यजन्तुको शरीरको कुनै पदार्थ वा त्यस्तो पदार्थको सम्मिश्रणबाट तयार भएको कुनै वस्तुलाई समेत जनाउँछ।

(ख) "अन्तरप्रादेशिक वन" भन्नाले एकभन्दा बढी प्रदेशमा फैलिएको भौगोलिक तथा प्राकृतिक रुपमा जोडिएको र पारिस्थिकीय प्रणालीको दृष्टिबाट अन्तरसम्बन्धित राष्ट्रिय वन सम्झनु पर्छ।

(ग) "उपभोक्ता समूह" भन्नाले वनको संरक्षण संवर्द्धन व्यवस्थापन तथा सदुपयोग गर्न दफा ३१ बमोजिम गठन भएको उपभोक्ता समूह सम्झनु पर्छ।

(घ) "कबुलियती वन" भन्नाले दफा २६ बमोजिम व्यवस्थापन गरिने राष्ट्रिय वन सम्झनु पर्छ।

(ङ) “गैर काष्ठ वन पैदावार" भन्नाले वनमा रहेका वा वनमा उत्पन्न भएका वा वनबाहिर रहेका रुखहरुबाट उत्पादित काठ र दाउरा बाहेकका जडीबुटी तथा वन्यजन्तु वा वन्यजन्तुको आखेटोपहार लगायत अन्य सबै जैविक उत्पत्तिका सामान सम्झनु पर्छ।

(च) "टाँचा" भन्नाले काठ वा खडा रहेका रुखमा लगाइने छाप चिह्क वा निशाना सम्झनु पर्छ।
(छ) "डिभिजन वन कार्यालय" भन्नाले प्रदेश सरकार अन्तर्गतको डिभिजन वन कार्यालय सम्झनु पर्छ।

(ज) "डिभिजनल वन अधिकृत" भन्नाले प्रचलित कानून बमोजिम नेपाल सरकारले खटाएको डिभिजन वन कार्यालयको प्रमुख सम्झनु पर्छ।

(झ) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

(ज) "धार्मिक वन" भन्नाले दफा २८ बमोजिम जिम्मा दिइएको राष्ट्रिय वन सम्झनु पर्छ।

(ट) "निजी वन" भन्नाले प्रचलित कानून बमोजिम कुनै व्यक्तिको हक पुग्ने निजी जग्गामा लगाई हुर्काएको वा संरक्षण गरिएको वन सम्झनु पर्छ।

(ठ) "प्रदेश वन निर्देशक" भन्नाले प्रदेश वन निर्देशनालयको प्रमुख सम्झनु पर्छ।

(ड) पप्रदेशभित्रको राष्ट्रिय वन” भन्नाले अन्तरप्रादेशिक वनभन्दा पृथक रुपमा रहेको सम्बन्धित प्रदेशभित्रको राष्ट्रिय वन सम्झनु पर्छ।

(ढ) "प्रदेश मन्त्रालय" भन्नाले प्रदेश सरकारको वन सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।

(ण) "मन्त्रालय" भन्नाले नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय सम्झनु पर्छ।

(त) "राष्ट्रिय वन" “भन्नाले सरकारद्वारा व्यवस्थित वन वन संरक्षण क्षेत्र सामुदायिक वन साझेदारी वन धार्मिक वन कबुलियती वन प्रदेशभित्रको राष्ट्रिय वन वा अन्तरप्रादेशिक वन सम्झनु पर्छ।

(थ) "वन" भन्नाले पूर्ण वा आंशिक रुपमा रुख वा बुट्यानले ढाकिएको क्षेत्र सम्झनु पर्छ।

(दँ) "वन पैदावार" भन्नाले वनमा रहेका वा पाइएका वा वनबाट ल्याइएका देहायका पैदावार सम्झनु पर्छ
(१) काष्ठ पैदावार
(२) गैरकाष्ठ वन पैदावार वा
(३) चट्टान, ढुङ्गा र माटो।

(ध) "वन संरक्षण क्षेत्र" भन्नाले दफा १५ बमोजिम घोषणा गरिएको वन संरक्षण क्षेत्र सम्झनु पर्छ।

(न) "वन सिमाना चिह्व" भन्नाले राष्ट्रिय वनको सिमाना छुट्याउन लगाइएका काठ ढुङ्गा सिमेन्ट वा अरु कुनै वस्तुका खम्बा वा चिन्हपट सम्झनु पर्छ र सो शब्दले प्रचलित कानून बमोजिम जग्गा नापजाँच गरी तयार गरेको नक्सामा अङ्कित वन सिमाना चिह्ृलाई समेत जनाउँछ।
(प) "वन व्यवस्थापन पद्धति" भन्नाले राष्ट्रिय वनको व्यवस्थापनका लागि अपनाइएका पद्धति सम्झनु पर्छ।

(फ) "वनक्षेत्र" भन्नाले निजी स्वामित्वको हक भोगको र प्रचलित कानूनले अन्यथा व्यवस्था गरेको बाहेकको वन सिमाना लगाइएको वा नलगाइएको वनले घेरिएको वा वनभित्र रहेको घाँसे मैदान खर्क हिउँले ढाकेको वा नढाकेको नाङ्गो पहाड बाटो पोखरी ताल तलैया सिमसार नदी खोलानाला बगर पर्ती वा ऐलानी जग्गाले ओगटेको क्षेत्र सम्झनु पर्छ।

(ब) "वातावरणीय परीक्षण" भन्नाले प्रचलित कानून बमोजिम गरिने संक्षिप्त वातावरणीय अध्ययन, प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन सम्झनु पर्छ।

(भ) "वातावरणीय सेवा" भन्नाले वनक्षेत्रको पारिस्थितिकीय प्रणालीबाट प्राप्त हुने देहाय बमोजिमको सेवा र सोबाट प्राप्त हुने लाभ सम्झनु पर्छ
(१) कार्बन सेवा
(२) जैविक विविधताको संरक्षण
(३) जलाधार तथा जलचक्र प्रणाली
(४) पर्यापर्यटन
(५) तोकिए बमोजिमका अन्य वस्तु सेवा तथा लाभ।

(सम) "विभाग" भन्नाले मन्त्रालय अन्तर्गतको वन तथा भू-संरक्षण विभाग सम्झनु पर्छ।

(य) "सरकारद्वारा व्यवस्थित वन" भन्नाले दफा १४ बमोजिम सरकारले व्यवस्थापन गर्ने राष्ट्रिय वन सम्झनु पर्छ।

(र) "सशस्त्र वन रक्षक" भन्नाले दफा ४६ बमोजिम गठन भएको सशस्त्र वन रक्षक सेवाको विभिन्न पदमा बहाल रहेका सशस्त्र वन रक्षक सम्झनु पर्छ।

(ल) "साझेदारी वन" भन्नाले दफा २३ बमोजिम डिभिजन वन कार्यालय, स्थानीय तह र वन उपभोक्ताको साझेदारीमा व्यवस्थापन गरिने राष्ट्रिय वन सम्झनु पर्छ।

(व) "सामुदायिक वन" भन्नाले दफा १८ बमोजिम उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको राष्ट्रिय वन सम्झनु पर्छ।

(श) स्थानीय तह भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ।