Section 52
कसूर
: कसैले देहाय बमोजिमका कार्य गरेमा यो ऐन अन्तर्गतको कसूर गरेको   मानिनेछ :-
(क) दफा २२ बमोजिम इजाजतपत्र नलिई स्वास्थ्य संस्था सञ्चालन गरेमा तथा दफा ३४ बमोजिम इजाजतपत्र नलिई रक्त सञ्चार सेवा सञ्चालन गरेमा,
(ख)   स्वास्थ्य उपचार सेवा प्रदान गर्न इन्कार गरेमा,
(ग)   मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई बाँधेर राख्ने वा खोरमा थुन्ने जस्ता कार्य गरी उपचार गरेमा,
(घ)  स्वास्थ्य संस्थाले आधारभूत स्वास्थ्य सेवा तथा स्वास्थ्य संस्थामा उपलब्ध हुने आकस्मिक उपचार प्रदान गर्न इन्कार गरेमा,
(ङ)   दफा ११ बमोजिम सुसूचित सहमति नलिई उपचार सेवा प्रदान गरेमा,
(च)   दफा १२ बमोजिम सेवाग्राहीलाई समान व्यवहार नगरेमा,
(छ)   दफा १४ बमोजिम गोपनीयता कायम नगरेमा,
(ज)   स्वास्थ्यकर्मी वा स्वास्थ्यसंस्थालाई यो ऐन अन्तर्गतको कर्तव्य निर्वाह गर्न बाधा व्यवधान उत्पन्न गरेमा,
(झ)   स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थालाई यो ऐन बमोजिम सूचना वा जानकारी गराउनु पर्ने व्यक्तिले त्यस्तो सूचना वा जानकारी उपलब्ध नगराएमा,
(ञ)   स्वास्थ्यकर्मी वा सेवाप्रदायकलाई जानीजानी गलत सूचना उपलब्ध गराएमा,
(ट)   स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थालाई झुक्याउन अर्को व्यक्ति भएको बहाना गरेमा,
(ठ)   यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियम, मापदण्ड, निर्देशिका तथा कार्यविधि बमोजिम जारी भएको सूचना पालना नगरेमा,
(ड)   दफा ३९ र ४० बमोजिम खाद्य पदार्थ, पानी तथा वायुको गुणस्तरका कारण जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पारेमा,
(ढ)   दफा ४५ विपरीत कसैले विज्ञापन गरेको पाइएमा,
(ण)   प्रचलित कानून बमोजिम स्वीकृति नलिई मानव जैविक नमूना सङ्कलन गर्न तथा मुलुक बाहिर लैजाने कार्य गरेमा,
(त)   यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियम, मापदण्ड, निर्देशिका तथा कार्यविधि विपरीतको अन्य कुनै कार्य गरेमा।