Section 14
खारेजी

(१) संवैधानिक अङ्गका पदाधिकारीको नियुक्ति सम्बन्धी कार्यविधि तथा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार तथा कार्यविधि सम्बन्धी नियमावली, २०६५ खारेज गरिएको छ ।
(२) संवैधानिक अङ्गका पदाधिकारीको नियुक्ति सम्बन्धी कार्यविधि तथा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार तथा कार्यविधि सम्बन्धी नियमावली, २०६५ बमोजिम भए गरेको काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।