विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस ऐनमा,–
(क) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।
(ख) “पदाधिकारी” भन्नाले परिषद्को सिफारिसमा नियुक्त हुने देहायका पदाधिकारी सम्झनु पर्छः –
(१) सर्वोच्च अदालतका प्रधान न्यायाधीश,
(२) अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरु,
(३) महालेखा परीक्षक,
(४) लोक सेवा आयोगका अध्यक्ष तथा सदस्यहरु,
(५) निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरु,
(६) राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तथा सदस्यहरु,
(७) राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष तथा सदस्यहरु,
(८) राष्ट्रिय महिला आयोगका अध्यक्ष तथा सदस्यहरु,
(९) राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा सदस्यहरु,
(१०) राष्ट्रिय समावेशी आयोगका अध्यक्ष तथा सदस्यहरु,
(११) आदिवासी जनजाति आयोगका अध्यक्ष तथा सदस्यहरु,
(१२) मधेशी आयोगका अध्यक्ष तथा सदस्यहरु,
(१३) थारु आयोगका अध्यक्ष तथा सदस्यहरु,
(१४) मुस्लिम आयोगका अध्यक्ष तथा सदस्यहरु ।
(ग) “परिषद्” भन्नाले संविधानको धारा २८४ बमोजिम गठन भएको संवैधानिक परिषद्सम्झनु पर्छ ।
(घ) “संविधान” भन्नाले नेपालकोसंविधान सम्झनु पर्छ ।
(ङ) “सचिव” भन्नाले परिषद्को सचिव सम्झनु पर्छ ।
(च) “सचिवालय” भन्नाले दफा ८ बमोजिमको परिषद्को सचिवालय सम्झनु पर्छ ।
(छ) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ ।