Section 12
गुण

(१) उत्पादनहरु निर्माण गर्दा, बिक्री गर्दा वा अन्य किसिमले वितरण गर्दाको अवस्थामा नेपाल गुणस्तर कार्यालयबाट निर्धारित वा सिफारिश गरिएको गुणस्तर अनुसारको हुनु पर्नेछ ।
(२) केन्द्रीय खाद्य अनुसन्धानशालालाई नेपालमा बिक्री गरिएको कुनै उत्पादन मानवको लागि उपभोग योग्य छ छैन परीक्षण गर्ने अधिकार हुनेछ ।

(३) उत्पादित देशमा प्रयोगको लागि सुरक्षा स्तर नपुग्ने उत्पादन नेपालमा बिक्री गर्न पाईदैन ।
(४) अन्तिम मिति पुगेको उत्पादन बजारमा ल्याउन, बिक्री गर्न वा वितरण गर्न हुँदैन ।
(५) गुणको ह्रास, मिलावट र दूषित हुन नदिन दूधदानी र मुन्टो बाहेक अन्य उत्पादन मूल भाँडोमा मात्र बिक्री गर्नु पर्नेछ ।