Section 13
निरीक्षण

(१)उत्पादक, वितरक, स्वास्थ्य हेरचाह गर्ने निकाय तथा स्वास्थ्य कार्यकर्ताहरुबाट यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम पालन भए नभएको सम्बन्धमा निरीक्षण तथा जाँचबुझ गरी आवश्यक कारबाही गर्ने प्रयोजनको लागि समितिको सिफारिशमा मन्त्रालयले आवश्यक संख्यामा निरीक्षकहरु नियुक्त गर्न वा नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिई कर्मचारीहरुलाई निरीक्षक भई काम गर्न तोक्न सक्नेछ ।

(२)उपदफा (१) बमोजिम नियुक्त भएको वा तोकिएको निरीक्षकले उत्पादक, वितरक, स्वास्थ्य हेरचाह गर्ने निकाय तथा स्वास्थ्य कार्यकर्ताहरुले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम पालन गरेको छ छैन तोकिए बमोजिम निरीक्षण तथा जाँचबु ́ गरी त्यस्को प्रतिवेदन समितिमा पेश गर्नु पर्नेछ