Section 2
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “सडक” भन्नाले सार्वजनिक सडक ऐन, २०३१ बमोजिमको सार्वजनिक सडक सम्झनु पर्छ ।
(ख) “बोर्ड” भन्नाले दफा ३ बमोजिम स्थापना भएको सडक बोर्ड सम्झनु पर्छ ।
(ग) “दस्तुर” भन्नाले दफा ६ बमोजिम लगाइएको दस्तुर सम्झनु पर्छ ।
(घ) “सवारी साधन” भन्नाले यान्त्रिक शक्तिबाट सडकमा चल्ने सवारी साधन सम्झनु पर्छ ।
(ङ) “मर्मत सम्भार” भन्नाले सडकलाई बोर्डले तोकेको स्तर अनुरुप गरिने सडकको मर्मत सम्भार कार्य सम्झनु पर्छ ।
(च) “सडक सम्बन्धी निकाय” भन्नाले सडकको मर्मत सम्भार कार्य गर्ने निकाय सम्झनु पर्छ र सो शब्दले स्थानीय निकाय समेतलाई जनाउँछ ।
(छ) “इन्धन” भन्नाले सवारी साधनमा प्रयोग हुने पेट्रोल र डिजेल सम्झनु पर्छ र सो शब्दले ग्यास वा अन्य इन्धन समेतलाई जनाउँछ ।
(ज) “समिति” भन्नाले दफा ८ बमोजिम गठित कार्यकारी समिति सम्झनु पर्छ ।
(झ) “कार्यकारी निर्देशक” भन्नाले दफा २१ बमोजिम नियुक्त बोर्डको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(ञ) “मन्त्रालय” भन्नाले नेपाल सरकार, भौतिक योजना तथा निर्माण मन्त्रालय सम्झनु पर्छ ।
(ट) “कोष” भन्नाले दफा २४ बमोजिमको बोर्डको कोष सम्झनु पर्छ ।
(ठ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।