Section 2
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा:

(क) “विदेशी लगानी” भन्नाले नेपाली नागरिकले विदेशमा लगाइराखेको सरकारी सेक्यूरिटी, शेयर, बैंक एकाउण्ट, घर जग्गामा लगाइराखेको रकम तथा अरू सबै किसिमको नगदी लगानीलाई समेत जनाउँछ ।

तर, नेपाल ……….मा निकासी पैठारी गर्ने सुविधाको लागि खोलेको चल्ती खाता (करेण्ट एकाउण्ट) लाई लिइने छैन ।

(ख) “विदेशी लगानी कर” भन्नाले खण्ड (क) बमोजिमको लगानीमा लागेको कर सम्झनु पर्छ ।

(ग) “कर अधिकृत” भन्नाले यो ऐनको प्रयोजनको निमित्त नेपाल सरकारले नियुक्त गरेको वा तोकेको कर अधिकृत सम्झनु पर्छ ।

(घ) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिमको सम्झनु पर्छ ।