Section 2
परिभाषा
बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) “करमुक्त पसल” भन्नाले बैङ्क जमानत सुविधामा पैठारी गरिएका मालवस्तु कूटनीतिक सुविधा वा महसुल सुविधा प्राप्त व्यक्तिलाई बिक्री गर्न वा अन्तर्राष्ट्रिय उडानको क्याटरिङ्ग वा त्यस्तो उडानको करमुक्त पसलमा बिक्रीको लागि सम्बन्धित हवाई कम्पनीलाई बिक्री गर्न नेपाल सरकारले स्वीकृति दिएको पसल सम्झनु पर्छ ।

(ख) “कारोबार मूल्य” भन्नाले: पैठारीकर्ताले पैठारी गरेको मालवस्तुको बिक्रेतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वास्तविक रुपमा भुक्तानी गरेको वा भुक्तानी गर्नुपर्ने रकममा त्यस्तो: मालवस्तु नेपालको सीमासम्म ल्याउँदा लागेको वा “लाग्न सक्ने भाडा, बीमा तथा अन्य सम्बद्ध खर्च जोडी हुन आउने कुल रकम सम्झनु पर्छ ।

(ग) “कूटनीतिक सुविधा” भन्नाले कुनै मालवस्तु जाँच नगरी, महसुल नलिई लगत मात्र राखी निकासी वा पैठारी गर्न दिइने सुविधा वा सहुलियत सम्झनु पर्छ ।

(घ) “घोषणा” भन्नाले निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तुको विवरण प्रज्ञापनपत्रमा उल्लेख गर्ने वा विद्युतीय माध्यमबाट तोकिए बमोजिम सम्प्रेषण गर्ने कार्य सम्झनु पर्छ ।

(ङ) “चोरी निकासी” भन्नाले भन्सार महसुल लाग्ने मालवस्तु भन्सार महसुल नतिरी, लुकाई छिपाई वा बाटो छली वा भन्सार महसुल नलाग्ने मालवस्तु भए पनि यस ऐन बमोजिम घोषणा नगरी नेपाल बाहिर लैजाने कार्य सम्झनु पर्छ ।

(च) “चोरी पैठारी” भन्नाले भन्सार महसुल लाग्ने मालवस्तु भन्सार महसुल नतिरी, लुकाई छिपाई वा बाटो छली वा भन्सार महसुल नलाग्ने मालवस्तु भए पनि यस ऐन बमोजिम घोषणा नगरी नेपालभित्र ल्याउने कार्य सम्झनु पर्छ ।

(छ) “जाँच” भन्नाले निकासी वा पैठारी गरिने मालवस्तु घोषणा गरिए बमोजिम छ छैन भनी यकिन. गर्न भन्सार कार्यालयले त्यस्तो मालवस्तु वा सो मालवस्तु सम्बन्धी कागजात वा दुवैको परीक्षण गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले विदेशी मुलुकबाट नेपालभित्र प्रवेश गर्ने वा नेपालबाट विदेशी मुलुकमा प्रस्थान गर्ने यात्रुको शरीरको तलासी र एक्स-रे गर्ने कार्य समेतलाई जनाउँछ ।

(ज) “जाँचपास” भन्नाले भन्सार अधिकृतले यस ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम भन्सार कार्यालयबाट कुनै मालवस्तु निकासी वा पैठारी गर्न वा उठाई लैजान दिएको अनुमति सम्झनु पर्छ ।

(झ) - “जाँचपासपछिको परीक्षण” भन्नाले दफा ३४ बमोजिमको परीक्षण सम्झनु पर्छ ।

(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(ट) “निकासी” भन्नाले नेपालबाट विदेशी मुलुकमा मालवस्तु पठाउने काम सम्झनु पर्छ ।

(ठ) ४्रज्ञापनपत्र” भन्नाले निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तुको विवरण घोषणा गर्ने फाराम सम्झनु पर्छ ।

(ड) "पैठारी" भन्नाले विदेशी मुलुकबाट नेपालभित्र मालवस्तु ल्याउने काम सम्झनु पर्छ र सो शब्दले कन्टेनर सेवा सञ्चालन गर्ने गरी नेपालमा दर्ता भएको सिपिङ्ग कम्पनीले बिदेशमा खरिद गरेको तर भौतिक रूपमा भन्सार कार्यालयमा ल्याउन सम्भव नरहेको कन्टेनरको जाँचपासको कार्यलाई समेत जनाउँदछ।

(ढ) “बण्डेड वेयर हाउस” भन्नाले विदेशमा निकासी गरिने वा स्वदेशमै परिवत्र्य विदेशी मुद्रामा बिक्री गरिने मालवस्तु उत्पादन गर्न आवश्यकपर्ने कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ वा करमुक्त पसलमा बिक्री गरिने मालवस्तु बैङ्क जमानत सुविधामा पैठारी गरी राख विभागबाट इजाजत प्राप्त गोदाम सम्झनु पर्छ ।

(ढ१) “विपद्‌” भन्नाले भूकम्प, आगलागी, आँधीबेरी, बाढी पहिरो, अतिवृष्टि, अनावृष्टि, अनिकाल, महामारी तथा यस्तै अन्य विपद्लाई सम्झनु पर्छ र सो शब्दले औद्योगिक दुर्घटना, बिष्फोटक वा विषाक्त पदार्थद्वारा हुने दुर्घटना तथा यस्तै अन्य कुनै प्रकारको विपद्लाई समेत जनाउँछ ।

(ण) _ “बैङ्क” भन्नाले प्रचलित कानून बमोजिम बैड्किङ्ग कारोबार गर्न इजाजतप्राप्त वाणिज्य बैङ्क वा वित्तीय संस्था सम्झनु पर्छ ।

(त) 'बैंङ्ग जमानत” भन्नाले कुनै निकासीकर्ता वा पैठारीकर्ताले मालवस्तु निकासी वा पैठारी गर्दा बुझाउनुपर्ने महसुल निजले नबुझाएमा आफूले तिरिदिने गरी बैङ्कले भन्सार कार्यालयलाई दिने जमानत सम्झनु पर्छ ।

(थ) “बैङ्क जमानत सुविधा” भन्नाले कुनै निकासीकर्ता वा पैठारीकर्तालाई बैङ्क जमानतको आधारमा मालवस्तु निकासी वा पैठारी गर्न पाउने गरी प्रदान गरिएको सुविधा सम्झनु पर्छ ।

(द) भन्सार अधिकृत” भन्नाले प्रमुख भन्सार प्रशासक, प्रमुख भन्सार अधिकृत वा भन्सार अधिकृत सम्झनु पर्छ र सो शब्दले भन्सार कार्यालय वा छोटी भन्सार कार्यालयको प्रमुख वा महानिर्देशकले तोकेको उपमहानिर्देशक, निर्देशक तथा शाखा अधिकृत वा दफा ८४ बमोजिम अर्थ मन्त्रालयले तोकेको अधिकारीलाई समेत जनाउँछ ।

(ध) “भन्सार एजेन्ट” भन्नाले दफा ५१ बमोजिम इजाजतप्राप् व्यक्ति सम्झनु पर्छ ।

(न) “भन्सार कार्यालय” भन्नाले दफा ४ बमोजिम स्थापना भएको वा गरेको भन्सार कार्यालय सम्झनु पर्छ र सो शब्दले त्यस्तो भन्सार कार्यालय परिसर र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको -अन्य क्षेत्र समेतलाई जनाउँछ ।

(प) “भन्सार गोदाम” भन्नाले निकासी वा पैठारी गरिने मालवस्तु राखको लागि भन्सार कार्यालयमा बनाइएको घर, भवन, छाप्रो वा अन्य यस्तै संरचना वा कुनै स्थान सम्झनु पर्छ ।

(प१) “भन्सार जाँचपास परीक्षण कार्यालय” भन्नाले दफा ३४ बमोजिम जाँचपास पछिको परीक्षणको कार्य गर्नको लागि स्थापना गरिएको कार्यालयलाई सम्झनु पर्छ ।

(प२) “भन्सार परीक्षक” भन्नाले प्रमुख भन्सार परीक्षण प्रशासक, प्रमुख भन्सार परीक्षक वा भन्सार परीक्षक सम्झनु पर्छ र सो शब्दले दफा ३४ बमोजिम जाँचपास पछिको परीक्षणको कार्य गर्नका लागि महानिर्देशकले तोकेको अधिकारीलाई समेत जनाउँछ ।

(फ) “भन्सार महसुल” भन्नाले निकासी वा पैठारी गरिने मालवस्तुमा कानून बमोजिम लाग्ने भन्सार महसुल सम्झनु पर्छ ।

(ब) “भन्सार मूल्य” भन्नाले भन्सार महसुल निर्धारण गर्ने प्रयोजनको लागि निकासी वा पैठारी गरिने मालवस्तुको दफा १३ वा १६ बमोजिम निर्धारण गरिएको मूल्य सम्झनु पर्छ ।

(भ) “भन्सार क्षेत्र” भन्नाले दफा ३ बमोजिम अर्थ मन्त्रालय वा महानिर्देशकले तोकिदिएको भन्सार क्षेत्र सम्झनु पर्छ ।

(म) “महसुल” भन्नाले निकासी वा पैठारी गरिने मालवस्तुमा कानून बमोजिम लाग्ने “सबै कर, शुल्क र दस्तुर सम्झनु पर्छ र सो शब्दले भन्सार महसुल समेतलाई जनाउँछ ।

(य) “महसुल सुविधा” भन्नाले कुनै मालवस्तु महसुल नलिई, जाँच गरी वा नगरी लगत मात्र राखी निकासी वा पैठारी गर्न दिइने सुविधा सम्झनु पर्छ ।

(र) “महानिर्देशक” भन्नाले भन्सार विभागको महानिर्देशक सम्झनु पर्छ ।

(ल) “मालवस्तु” भन्नाले मुद्रा लगायत जुनसुकै प्रकारको चल वस्तु वा सम्पत्ति सम्झनु पर्छ ।

(ल१) “राहत सामग्री” भन्नाले विपद्को अवस्थामा पीडितको उद्धार तथा राहतका लागि मानवीय सहायतास्वरूप पैठारी हुने नेपाल सरकारले तोके बमोजिमका मालवस्तु सम्झनु पर्छ ।

(ब) “व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति सम्झनु पर्छ र सो शब्दले कानून बमोजिम दर्ता भएको कुनै कम्पनी, सङ्गठित संस्था र फर्म समेतलाई जनाउँछ ।

(श) “विभाग” भन्नाले भन्सार विभाग सम्झनु पर्छ ।

(ष) “विलम्ब शुल्क (डेमरेज)” भन्नाले निकासीकर्ता वा पैठारीकर्ताले भन्सार कार्यालयले सञ्चालन गरेको भन्सार गोदाममा राखेको मालवस्तु तोकिएको म्यादभित्र नउठाएमा नेपाल सरकारलाई तिर्नुपर्ने शुल्क सम्झनु पर्छ ।

(स) “सवारी साधन” भन्नाले यात्रा गर्न वा मालवस्तु ओसारपसार गर्न प्रयोग हुने वा भएको जुनसुकै साधन सम्झनु पर्छ ।

(ह) “आन्तरिक परिवहन” भन्नाले नेपालभित्र पैठारी गर्ने उद्देश्यले ल्याइएको मालवस्तु “प्रवेश सीमास्थित कुनै भन्सार कार्यालयमा घोषणा मात्र गरी जाँचपासको निमित्त अन्य भन्सार कार्यालयमा लैजाने कार्य सम्झनु पर्छ।