Section 62
पुनरावेदन
(१) दफा १३ बमोजिमको निर्णय वा आदेश बाहेक यस ऐन बमोजिम भन्सार अधिकृत वा अन्य कर्मचारीले निर्धारण गरेको भन्सार महसुल वा भन्सार अधिकृतले दिएको दण्ड सजायको आदेश वा गरेको निर्णण वा “दफा ३४ बमोजिम महानिर्देशक वा भन्सार परीक्षकले महसुल वा जरिबानाको रकम दाखिला गर्न दिएको आदेश वा दफा ६१ बमोजिम गठित मूल्याङ्कन पुनरावलोकन समितिले गरेको निर्णयउपर चित्त नबुझ्ने व्यक्तिले त्यसरी भन्सार महसुल निर्धारण भएको वा दण्ड सजाय दिएको वा निर्णय भएको मितिले पैंतीस दिनभित्र राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पुनरावेदन दिने व्यक्तिले जुन निर्णय वा.आदेशका विरुद्ध पुनरावेदन गर्ने हो त्यस्तो निर्णय वा आदेश बमोजिम लाग्ने महसुल र दण्ड जरिबानाको रकम सम्बन्धित भन्सार कार्यालय वा भन्सार जाँचपास परीक्षण कार्यालयमा बुझाई वा धरौटी राखी पुनरावेदन गर्न सक्नेछ ।
तर त्यस्तो महसुल र दण्ड जरिबानाको रकम बुझाउन नसकी थुनामा रहेको व्यक्तिले पुनरावेदन दिन चाहेमा धरौटी नराखी पुनरावेदन दिन सक्नेछ ।
(२क) उपदफा (१) बमोजिम राजस्व न्यायाधिकरणमा पुनरावेदन दिँदा निर्धारित भन्सार महसुल रकममध्ये विवाद रहित भन्सार महसुल रकम बुझाई विवादित भन्सार महसुल र जरिबानाको शतप्रतिशत रकम धरौटी राख्नु पर्ने वा त्यस्तो रकम बापत बैङ्क जमानत दिनु पर्नेछ। ३(२ख) उपदफा (२क) बमोजिम सम्बन्धित कार्यालयको नाममा कोष तथा लेखा नियन्त्रक कार्यालयमा रहेको धरौटी खातामा दाखिल गरेको बैङ्क भौचर वा त्यस्तो रकम बराबरको बैङ्क जमानतपत्र पुनरावेदनपत्र साथ पेश गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम पुनरावेदन दिने व्यक्तिले पुनरावेदन दिएको सात दिनभित्र त्यस्तो पुनरावेदनको प्रतिलिपि सम्बन्धित ।भन्सार कार्यालय वा भन्सार जाँचपास परीक्षण कार्यालयमा दिनु पर्नेछ ।
(४) दफा ६१ बमोजिम गठित मूल्याङ्कन पुनरावलोकन समितिले गरेको निर्णयमा चित्त नबुझेमा भन्सार अधिकृतले त्यस्तो निर्णय भएको पैंतीस दिनभित्र राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्नेछ ।
(५) दफा ६१क. बमोजिम महानिर्देशकले गरेको वर्गीकरण वा पुनरावलोकनको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैंतीस दिनभित्र राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्नेछ ।