Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा -
(क) “अन्त:शुल्क लाग्ने वस्तु वा. सेवा” भन्नाले यस ऐन वा अन्य प्रचलित कानून बमोजिम अन्त:शुल्क लाग्ने वस्तु वा सेवा सम्झनु पर्छ ।
(क१) "अन्त:शुल्क: टिकट" भन्नाले अन्त:शुल्क लाग्ने वस्तुमा विभागले तोकेको ढाँचामा प्रयोग हुने सुरक्षण चिन्ह अङ्कित टिकट सम्झनु पर्छ र सो शब्दले विद्युतीय माध्यमबाट प्रदान गरिने सुरक्षण अङ्कित चिन्ह वा विभागले तोकेको अन्य कुनै सङ्केत चिन्हलाई समेत जनाउँछ।
(ख) “वस्तु” भन्नाले चल वा अचल दुवै किसिमको सम्पत्ति सम्झनु पर्छु ।
(ग) “सेवा” भन्नाले वस्तु बाहेकको जुनसुकै कुरा सम्झनु पर्छ ।
(घ) “प्रतिष्ठान” भन्नाले अन्त:शुल्क लाग्ने वस्तु उत्पादन पैठारी सञ्चय वा बिक्री वितरण गर्ने वा अन्त:शुल्क लाग्ने सेवा प्रदान गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भएका फर्म कम्पनी वा संस्था सम्झनु पर्छ ।
(ङ) “इजाजतपत्र” भन्नाले दफा ९ बमोजिम दिइएको इजाजतपत्र सम्झनु पर्छ ।
(च) “अन्त:शुल्क अधिकृत” भन्नाले यस ऐनको प्रयोजनको. निमित्त नेपाल सरकारले तोकेको अधिकृत सम्झनु पर्छ ।
(छ) “उत्पादन” भन्नाले अन्त:शुल्क लाग्ने वस्तु निर्माण गर्ने प्रशोधन गर्ने बनाउने वा तयार गर्ने कार्य सम्झनु पर्छ ।
(ज) “उत्पादक” भन्नाले अन्त:शुल्क लाग्ने बस्तु उत्पादन गर्न इजाजतपत्र प्राप्त गरेको व्यक्ति.फर्म कम्पनी वा संस्था सम्झनु पर्छ र सो शब्दले अन्त:शुल्क लाग्ने सेवा प्रदान गर्ने व्यक्ति फर्म कम्पनी वा संस्था समेतलाई जनाउँनेछ ।
(ज१) “सूर्तीजन्य वस्तु” भन्नाले सूर्ती वा सूर्तीजन्य पदार्थका तत्वहरू मिश्रित धुम्रपान गर्ने चपाउने मुखमा राख्ने पान मसला गुट्खा खैनी वा यस्तै पदार्थहरू सम्झनु पर्छ र सो शब्दले चुरोट बिडी सिगारलाई समेत जनाउँछ ।
(झ) _“व्यक्ति” भन्नाले कुनै व्यक्ति प्रतिष्ठान सङ्घ साझेदारी संस्था सहकारी संयुक्त व्यवसाय गुढी वा कोषको सञ्चालक प्रोप्राइटर र मुख्य भै काम गर्ने प्रतिनिधि वा एजेन्ट सम्झनु पर्छ र सो शब्दले नाफाको उद्देश्य लिई वा नलिई अन्त:शुल्क लाग्ने वस्तु वा सेवाको उत्पादन वा पैठारी गरी थोक वा खुद्रा वा जुनसुकै रुपमा बिक्री वितरण गर्ने निकाय वा त्यस्तो निकायको शाखा उपशाखा वा त्यस्तै अन्य कारोबार गर्ने स्थान समेतलाई जनाउँनेछ ।
(ज) “कारखाना मूल्य” भन्नाले अन्त:शुल्क लाग्ने वस्तुमा अन्त:शुल्क वा अन्य कुनै कर नजोडी त्यस्तो वस्तु उत्पादन गर्न लाग्ने खर्च र प्रतिष्ठानको नाफा मात्र जोडी निर्धारण भएको मूल्य सम्झनु पर्छ ।
(ट) “मूल्य” भन्नाले -
(१) उत्पादन गर्ने वस्तुको हकमा कारखाना मूल्य
(२) सेवाको हकमा बीजक बमोजिमको मूल्य
(३) पैठारी हुने वस्तुको हकमा दफा ७ को उपदफा (२) बमोजिम निर्धारण भएको मूल्य ।
(ठ) “पैठारी” भन्नाले अन्त:शुल्क लाग्ने वस्तु प्रचलित कानून बमोजिम विदेशबाट नेपाल -............... भित्र ल्याउने कार्य सम्झनु पर्छ ।
(ड) “बीजक” भन्नाले यस ऐन बमोजिम मूल्य उल्लेख गरी दिइने बिल रसिद पूर्जी वा भरपाई सम्झनु पर्छ ।
(ढ) “विभाग” भन्नाले आन्तरिक राजस्व विभाग सम्झनु पर्छ ।
(ण) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ ।
(ण१) “मदिरा” भन्नाले अन्न फलफूल वा अन्य कुनै स्टार्चयुक्त वस्तुलाई जीव रसायनिक प्रक्रियाद्वारा कुहाई वा अन्य कुनै तरिकाबाट तयार पारिएको शून्य दशमलव पाँच प्रतिशतभन्दा बढी अल्कोहल भएको पदार्थ सम्झनु पर्छ र सो शब्दले रक्सी जाँड छ्याङ ह्विस्की रम जिन ग्राण्डी भोड्का वियर वाइन सेरी सेम्पेन साइडर पेरी मिड माल्ट औद्योगिक अल्कोहल रेक्टिफाइड स्प्रिट माल्ट स्प्रिट साइलेण्ट स्प्रिट डिनेचर्ड स्प्रिट ई.एन.ए. र हेड्स स्प्रिट समेतलाई जनाउँछ ।
(ण२) “तयारी मदिरा” भन्नाले आयतनमा सन्ताउन्न दशमलव शून्य छ प्रतिशतभन्दा कम अल्कोहलको मिश्रणबाट बनेका सबै प्रकारका मादक पदार्थ सम्झनु पर्छ ।
(ण३) “एल.पी.” भन्नाले लण्डन प्रुफमा शुद्ध ईथानोलको शक्ति सम्झनु पर्छ ।
(ण४) “एल.पी. लिटर” भन्नाले प्रति लिटरमा सन्ताउन्न दशमलव शून्य छ प्रतिशत शुद्ध ईथानोलको मात्रा सम्झनु पर्छ ।
(ण५) “यू.पी.” भन्नाले लण्डन प्रुफभन्दा कम शक्ति सम्झनु पर्छ ।
(ण६) “ओ.पी.” भन्नाले लण्डन प्रुफभन्दा बढी शक्ति सम्झनु पर्छ ।
(ण७) “भौतिक नियन्त्रण प्रणाली” भन्नाले अन्त:शुल्क अधिकृत वा निजले तोकेको कर्मचारीको नियन्त्रणमा अन्त:शुल्क लाग्ने वस्तुको उत्पादन निष्काशन पैठारी तथा निकासी गरिने प्रणाली सम्झनु पर्छ ।
(णद) “स्वयं निष्काशन प्रणाली” भन्नाले भौतिक नियन्त्रण प्रणालीमा आधारित बाहेकका अन्त:शुल्क लाग्ने अन्य वस्तु वा सेवाको उत्पादन निष्काशन पैठारी तथा निकासी गरिने प्रणाली सम्झनु पर्छ ।
(ण९) “अन्त:शुल्क निर्धारण” भन्नाले यस ऐन बमोजिम गरिने अन्त:शुल्क निर्धारण सम्झनु पर्छ ।
(ण१०) “बिगो” भन्नाले यस ऐन बमोजिम अन्त:शुल्क लाग्ने वस्तु वा सेवाको मूल्य र त्यसमा लाग्ने अन्त:शुल्क जोडी कायम गरिएको कुल रकम सम्झनु पर्छ ।
(ण११) “विद्युतीय माध्यम” भन्नाले कम्प्यूटर इन्टरनेट इमेल फ्याक्स विद्युतीय क्यास मेशिन फिस्कल प्रिन्टर सम्झनु पर्छ र सो शब्दले विद्युतीय भुक्तानीको माध्यम तथा विभागले तोकेको अन्य स्वीकृत माध्यमलाई समेत जनाउँछ ।
(त) “तोकिएको वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।