Section 23A
पूर्वादेश
(१) कुनै व्यक्तिले यो ऐन लागू हुने अवस्थाबारे द्विविधा निराकरणका लागि विभाग समक्ष लिखित निवेदन दिएमा विभागले सो व्यक्तिलाई लिखित रूपमा सूचित गरी पूर्वादेशद्वारा धारणा जारी गर्न सक्नेछ ।

(२) यस्तो पूर्वादेश माग भएको विषयमा जारी भएको मिति पश्चातका प्रवन्ध तथा निवेदनमा उल्लेख भएका विषयमा मात्र लागू हुनेछ ।

(३) अदालतमा विचाराधीन रहेका विषय र अदालतबाट व्याख्या भई आदेश भएका विषयमा पूर्वादेशको निवेदन परी जारी भएमा त्यस्तो पूर्वादेश स्वतः निष्कृय भएको मानिनेछ ।